Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी

Published on 3:44:00 PM //

शिबलाल सुबेदी
शिक्षक व्याबस्था गर्न नसकेर विद्यार्थीहरुको पठनपाठनमा समस्या उत्पन्न गरेको भन्दै रेसुङ्गा बहुमुखि क्याम्पस शिक्षाशास्त्र संकायका विद्यार्थीले आज क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । 

क्याम्पसमा स्वास्थ्य तथा शारीरिक शिक्षाको विषय शिक्षकको अभावमा पठनपाठनमा समस्या भएको भन्दै पटक पटक माग गर्दापनि क्याम्पस प्रसाशनले बेवास्ता गरको भन्दै विद्यार्थीहरुले आज क्याम्पस प्रसासन र शिक्षा शास्त्र शंकायको भवनमा तालाबन्दी गरेका हुन् । शिक्षक नियुक्त गर्नको लागी विनम्रताका साथ विद्यार्थीले पटक पटक माग गरीरहेपनि क्याम्पस प्रशासनले वेवास्ता गरेको र गत चैत्र १४ गते तुरुन्त विज्ञापन खोलीने सहमति गरेपनि अहिलेसम्म कार्यान्वयन नगरेर विद्यार्थीहरुको भविष्यप्रति हेलचेक्र्याई गरेकोले तालाबन्दी गर्न बाध्य भएको स्वास्थ्य तथा शारीरिक संकायका कोषाध्यक्ष जनक खनालले बताउनुभयो । 
क्याम्पसहरुविच प्रतिस्पर्धाको समयमा रेसुङ्गा बहुमुखि क्याम्पसलाई गुणस्तरीय बनाउदै लैजानुपर्नेमा यसरी विद्यार्थीको भविष्यमाथी खेलबाड गरीएकोले यो कृयाकलाप सुधार गरी विषय शिक्षकको व्याबस्थागर्न उनीहरुले माग गरेका छन् । पूर्व सहमति कार्यान्वयन नभएसम्म ताला नखोलीने विद्यार्थीहरुले बताएका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग