Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रम्वा गुल्मी तारा २०६८मा उत्कृष्ट ७ छानिए

Published on 4:13:00 PM //

जनार्दन घिमिरे
गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा रम्वा गुल्मी तारा २०६८ खोजी अभियान अन्तर्गत आज गुल्मीको सदरमुकाम तम्घासमा दोश्रो चरणको अडिसन राउण्ड सम्पन्न भएको छ ।
जिल्लाका ग्रामिण क्षेत्रमा लुकेर रहेका आधुनिक, गीतका प्रतिभाहरुको खोजी गरि एकजना उत्कृष्ट प्रतिभालाई गुल्मी महोत्सवको अवशरमा प्रथम रम्वा गुल्मीतारा २०६८ घोषणा गर्ने उद्देश्यले उक्त अडिसन राउण्ड शुरु गरिएको हो । अडिशन राउण्डको प्रथम चरण अन्तर्गत अडिसन राउण्डमा उपस्थित भएका २३ जना सहभागिहरु मध्य दोश्रो चरणमा ७ जना सहभागिहरु तेश्रो चरणकोलागि छनोट भएका छन् । आज छनौट भएका ७ जना सहभागिहरु मध्ये वैशाख ४ गतेदेखि संचालन हुने गुल्मी महोत्सवको अवसरमा प्रत्येक दिन एकएक जना सहभागिहरु प्रतिस्पर्धावाट वाहिरिने र अन्तिम दिनमा छनोटमा पर्ने एकजना सहभागिलाई प्रथम रम्वा तारा २०६८ घोषणा गरिने सांस्कृतिक उप समितिका संयोजक अनुप श्रेष्ठले वताएका छन् । यसरी उत्कृष्ट हुने गुल्मी तारालाई रु १० हजार नगद सहित आकर्षक पुरस्कारवाट सम्मान गर्नुका साथै चर्चित संगितकार बिजु बज्रद्वारा बज्र क्रियशनवाट निशुल्क रुपमा एउटा गीत समेत रेकर्ड गराईने भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग