Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जनगणनाका लागि गुल्मीमा पाँच सय कर्मचारी

Published on 5:20:00 PM //


घनश्याम गौतम
राष्ट्रिय जनगणना अभियान सफल पार्न जिल्ला जनगणना समन्वय समितिले जिल्लाका तिन स्थानमा इलाका कार्यालय स्थापना गरेको छ । जनगणना सफल पार्न कार्यालयले झण्डै ५ सय कर्मचारी परिचालन गर्ने तयारी गरेको छ ।

समन्वय समितिले दर्गम गाविसहरु मर्भुङ्गको, सिमलटारी र जोहाङको खैरेनीमा इलाका कार्यालय स्थापना गरेको हो । ‘कोही नछुटुन, कोही नदोहोरिउन’ भन्ने नाराका साथ राष्ट्रिय जनगणना २०६८ देशैभर असार ३ देखि शुरु भएर १४ गते सम्पन्न हुने छ । जिल्ला कार्यालय प्रमुख दिपक कोइरालाका अनुसार ७९ वटै गाविसको घर परिवार लगत सूचिकरणका लागि जेठ १ देखि १८ गतेसम्म अभियान संचालन गर्न लागिएको छ ।
‘राष्ट्रिय जनगणना सफल पार्न पहिलो चरणमा लगत संकलन गर्नका लागि १ सय २ जना सुपरभाईजर छनोट गरिसकेका छौं’, प्रमुख कोइरालाले भने, ‘सुपरभाईजर संगै ३ सय ६७ भन्दा बढी गणक परिचालन गर्ने तयारी भैरहेको छ ।’ गणकका लागि शिक्षक र निजामती कर्मचारी परिचालन गर्ने तयारी भैरहेको उनले बताए । सुपरभाईजरमा भने निमावि स्तरका शिक्षक, शिक्षिका, निजामती कर्मचारी, आदीवासी, जनजाती महिला, दलित लगायत सबै समेटेर समावेशी बनाईएको कार्यालयले जनाएको छ । 
जनगणनाका लागि सर्वसाधरणलाई जानकारी दिने उद्देश्यले तम्घास र जोहाङ्गमा १ सय भन्दा बढी सरोकारवालाहरुलाई सेचतना तालिम प्रदान गरिएको, तम्घासमै माध्यामिक विद्यालय स्तरीय निवन्ध प्रतियोगिताको आयोजना गरिएको कार्यालय प्रमुख कोइरालाले बताए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग