Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मोटरसाईकल जुझ्दा कर्मचारी घाइते

Published on 5:21:00 PM //


घनश्याम गौतम
दुविचौरको ह्वाक्ने छहरामा दुई मोटरसाईकल एक आपसमा ठोक्किँदा एक स्वास्थ्यकर्मी घाइते भएका छन् ।
बलेटक्सारबाट तम्घास आउँदै गरेको लु. ८ प २५०५ र तम्घासबाट गौडाकोट तर्फ जाँदै गरेको लु. ८ प. ८२४ नम्बरको मोटरसाईकल ठक्करबाट रिमुवा उपस्वास्थ्य चौकीका सब अहेव भिमबहादुर ज्ञवाली घाइते भएका हुन् । अर्का मोटरसाइकल चालक शिक्षा कार्यालयका शाखा अधिकृत हरिलाल अर्याल सामान्य छन् । घाइते ज्ञवालीको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । 

दुवै मोटरसाईकल तिब्र गतिमा भएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । ठक्करबाट लु. ८ प २५०५ नम्बरको मोटरसाईकल सडकबाट झण्डै २ सय मिटर तल खसेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग