Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मानवअधिकारको अवस्थामा सुधार ल्याउन जोड

Published on 10:12:00 PM //

शिबलाल सुबेदी
गुल्मी जिल्लामा मानवअधिकारको अवस्थामा  सुधारा ल्याउन सरोकारवालाहरु एकजुट भएर लाग्नु पर्नेमा आज तम्घासमा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोग उप क्षेत्रिय कार्यालय बुटवल र मानवअधिकार एलाइन्स, गुल्मीको आयोजनामा सम्पन्न गुल्मीमा मानवअधिकारको अवस्था र सारेकारवालको दायित्व विषयक अन्तरकृया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो धारण व्यक्त गरेका हुन् । कार्यक्रममा बोल्दै माननिय जिल्ला न्यायाधिश खडानन्द तिवारीले कानुनले दिएको अधिकार पनि चेतनाको अभावमा उपभोग हुन नसकेको बताउदै अधिकार उपभोग गर्नेले अरुको अधिकार पनि सम्मान गर्न सिक्नु पर्ने बताएका थिए । 
कार्यक्रममा अवधारण पत्र प्रस्तुत गर्दै इन्सेक प्रतिनिधि नरेश भण्डारीले बजार अनुगमन प्रभावकारी हुन नसकेकाले कालाबजारीले प्रश्रय पाएको, बारुदि सुरुङ्ग नहटाईदा सर्व साधारण मर्कामा परेको, घरेलु हिंसा न्यूनिकरण सम्वन्धी कार्ययोजना प्रभावकारी कार्यान्वयनमा नआएको, द्वन्द्व पीडित व्यक्तिले राहत र पुनस्थापना नपाएको, हिंसा पीडितलाई पुन स्थापना केन्द्र स्थापना गर्नु पर्ने ,एच.आई.भी.संक्रमितहररू, अपाङ्ग, जेष्ठ नागरिक, विशेष आवश्यकता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित  हुनु पर्ने जस्ता विषयमा जोड दिएका थिए । 
कार्यक्रममा स्थानिय विकास अधिकारी दिपेन्द्रराज पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल र प्रहरी नायव उपरिक्षक पदम प्रसाद सुवेदीले सहभागिले उठाएका जिज्ञासाको समाधान गरेका थिए । यसैगरी दलित साझा मञ्च, गुल्मीका अध्यक्ष गणेश विश्वकर्मा, पत्रकार महासंघका पुर्व अध्यक्ष हरिकुमार श्रेष्ठ, बार एशोसिएसन, गुल्मीका सचिव भिम न्यौपाने, पत्रकार भरत पाण्डेय शिबलाल सुवेदी, प्रेम सुनार,गगनशिला खड्का , पि.एम. मगर ऋषि भुसाल लगायतले गुल्मी जिल्लामा घट्ने गरेका मानवअधिकार विरोधि घटनाको बारेमा चर्चा गर्दै सरोकारवालाहरुले प्रभावकारी अनुगमन गर्नु पर्नेमा जोड दिएका थिए । 
कार्यक्रम राष्ट्रिय मावनअधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलको प्रमुख दिपक जंग ध्वज कार्कीको अध्यक्षता, मानवअधिकार एलाईन्स हरिप्रसाद पोखरेलको अध्यक्षता र कार्यक्रम राष्ट्रिय मावनअधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलका चन्द्रकान्त चापगाईको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग