Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी महोत्सवको प्रचारको लागि काठमाडौंमा मोटरसाइकल र्‍याली

Published on 10:20:00 PM //

कृष्ण खनाल 
प्रथम गुल्मी महोत्सव–२०६८ को प्रचार–प्रसार एवं सफलताको कामना गर्दै काठमाडौंमा मोटरसाइकल र्‍याली आयोजना हुने भएको छ । काठमाडौं स्थित गुल्मी-वनस्थली सम्पर्क समाजको समन्वय र स्वीफ्ट गुर्खा इन्टरनेशनल प्रा.लि. सामाखुशी काठमाडौं, ग्रिनल्याण्ड अटो सेन्टर, हिरो होण्डा ज्ञानेश्वर नेपाल, डायोग्नस्टिक एण्ड पोलीक्लिनिक सुनधारा र भरोसा अस्पताल बानेश्वरको सहयोगमा मोटरसाइकल र्‍याली २०६७ साल चैत्र २६ गते शनिबारका दिन बिहान ८ बजे देखि काठमाडौं वनस्थली बाट शुरु भै दरबारमार्ग-बानेश्वरचोक–पुरानो बानेश्वर चोक– मैतिदेवी हुँदै रत्नपार्क सम्म पुगी मोटरसाइकल र्‍यालिको अन्त्य भै कोणसभामा परिणत हुने र उक्त कोणसभामा प्रथम गुल्मी महोत्सवका संयोजक एवं गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्री कृष्ण प्रसाद भण्डारीको समेत सहभागीता हुने कुरा काठमाडौंबाट वनस्थली गुल्मी संपर्क समाजका सदस्य यादव पोख्रेलले जानकारी दिनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग