Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नयाँ सरकार बनेमा पाँच दिनमै संविधान जारी हुन्छ :कोईराला

Published on 7:55:00 PM //


गगनशिला खड्का
नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं पुर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले बर्तमान सरकार विघटन गरी नयाँ सरकार बनेमा पाँच दिनमै नयाँ संविधान जारी हुने बताउनुभएको छ ।
अहिले राष्ट्रिय सहमतिको विकल्प नभएकोले काँग्रेस सहितको नयाँ सरकार बनेमा दलहरुको सहमतिअनुसार नयाँ संविधान पाँच दिनमै जारी हुने बताउनुभयो । गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा तम्घासमा संचालन भैरहेको प्रथम गुल्मी महोत्सवको आईतवार हुने समापनका लागि शनिवार तम्घास आएकी नेतृ कोइरालाले अहिलेकै सरकारमा काँग्रेस सहभागी हुन नसक्ने र नयाँ सरकार नबनेमा राष्ट्रिय राष्ट्रिय सहमति बिना शान्ति प्रकृया टुङ्गोमा नपुग्ने र तोकएको समयमा संविधान जारी हुन पनि नसक्ने बताउनुभएको छ ।

प्रेस यूनियनले गरेको पत्रकार सम्मेलनमा कोईरालाले सबै राजनीतिक दलहरु एक ढिक्का भएर व्यक्ति र पार्टी स्वार्थ त्यागेर अगाडी बढ्न सकेमा मात्र त्यो सम्भव हुने पनि उहाँको सुझाव छ । अहिलेको राजनीतिमा शान्ति प्रकृया र संविधान निमाण भन्दा पनि व्यक्तिको इच्छा हावी भएकाले संकट बढ्दै गएको उहाँको भनाई थियो । मुख्य राजनीतिक पार्टीमा राष्ट्रको समस्या भन्दा व्यक्तिगत इच्छा हावी हुँदै गएकाले मुलुक अस्थिरता तर्फ गएको उहाँले बताउनुभयो ।

शान्ति प्रकृयाप्रति सबै भन्दा बढी जिम्मेवार हुन माओवादीलाई समेत उहाँको आग्रह थियो । शान्ति प्रकृया टुङ्गोमा पुगे मात्र माओवादी अर्न्तराष्ट्रिय रुपमै माओवादी हिरो हुने भन्दै उहाँले कांग्रेसपछिको शान्ति प्रकयाको जिम्मेवार पाटो माओवादी भएको बताउनुभयो । 

कोईरालाले देशमा काँग्रेसले जे भन्यो त्यही हुने ठोकुवा गर्दै यहाँको राजनिती काँग्रेसकै सेरोफेरोमा घुमिरहने दावी गर्नुभयो । यस अघि नेतृ कोइरालाले पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै विपि र गिरीजा बाबुको मेलमिलापको राजनिति सम्झेर गुल्मीमा धुरुधुरु रुनुभएको थियो । विपीले प्रतिपादन गरेको मेलमिलापको नितीलाई गीरीजाबाबुले बाँचुञ्जेल सम्म अँगीकार गरेको संझदै कोईरालाले कार्यकर्तामाझ आँशु खसाल्दा कार्यकर्ता समेत भावुक भएका थिए । 

अहिले काँग्रेसले त्यो धार बिर्सेंको हो की भन्ने चिन्ता गर्दै कोईरालाले शान्ति प्रकृया यहाँसम्म आउन र माओवादीलाई शान्ति प्रकृयाको मूलधारमा ल्याउन पनि गिरीजाबाबुले मेलमिलापको नितीअनुरुप काम गरेको बताउनुभयो ।

नेपाली कांग्रेसले राष्ट्रिय सहमति र मेलमिलापकै लाईनलाइ अगाढी बढाउनु पर्नेमा जोड दिनुभयो । गिरिजाबाबुले बि.पि.कै मेलमिलापको प्रियाङ्गलमा बसेर अगाडी बढेकाले राष्ट्र, नेपाली कांग्रेस सफल भएको भन्दै त्यसैले प्रजातन्त्र ल्याउन समेत कांग्रेस सफल भएको बताउनुभयो । 

नेतृ सुजाताले बर्तमान सरकार बिघटन गरेर नेपाली कांग्रेसको नेतत्वमा सरकार बनेमा मात्र राष्ट्रिय सहमति जुट्ने दावी गर्नुभयो । 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग