Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घाइते ऊर्जामन्त्रीद्वारा शपथग्रहण

Published on 6:11:00 PM //

मन्त्री भएलगत्तै आक्रमणमा घाइते ऊर्जामन्त्री गोकर्ण विष्टले बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।


विष्टलाई राष्ट्रपति रामवरण यादवको उपस्थितिमा शीतल निवासमा प्रधानमन्त्री झलनाथ खनालले शपथ खुवाएका हुन् । तेस्रो चरणमा विस्तारित विष्टबाहेकका मन्त्री र राज्यमन्त्रीले भने यसअघि नै शपथ लिएका थिए ।

चैत २८ गते साँझ गोंगबु टाउनप्लानिङस्थित घरनजिकै अज्ञात समूहले ऊर्जामन्त्री विष्टलाई खुकुरी हानेका थिए । टाउको र हातमा गम्भीर चोट लागेका विष्ट मनमोहन अस्पतालमा १० दिन उपचार गराएर बुधबार डिस्चार्ज भएका थिए ।

विष्ट संविधानसभा निर्वाचनमा गुल्मी क्षेत्र नं. ३ बाट पराजित हुन् । उनी एमाले युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (हाल युवा संघ नेपाल) को दुई कार्यकाल अध्यक्ष भएका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग