Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दोहोली मदिरा मुक्त क्षेत्र घोषित

Published on 3:24:00 PM //

गगनशिला खड्का
पुरुषहरुले मदिरा सेवन गरेर पीडित वनेका गुल्मीको दोहोली गाविसका महिलाहरुले आफ्नो गाविसलाई मदिरा मुक्त गाविस घोषणा गरेका छन् ।
शिवशक्ति आमा समुह दोहोली गाविसका महिलाहरुले यस्तो घोषणा गरेका हुन् । आज समुहकी अध्यक्ष गोविन्द कुमारी गुरुङ्गको नेतृत्वमा सचेतना ¥यालीको आयोजना गरि कुनै पनि पसलमा घरेलु मदिरा एवं शिल प्याक वाला मदिरा समेत वेच विखन गर्न रोक लगाउने निर्णय गर्दै महिलाहरुले मदिरा वेच विखन गर्नेलाई पहिलो पटक १ हजार, दोस्रो पटक पनि विक्री गरेको पाईए २ हजार रुपैयाँ जरिमाना गर्ने घोषणा गरेका छन् । त्यस्तै मदिरा किनेर सेवन गर्नेलाई पहिलो पटक ५ सय जरिमाना सहित प्रहरी प्रशासनमा कारवाहीका लागि पु¥याउने महिलाहरुले घोषणा गरेका छन् । उनीहरुले आजै स्थानीय राजनीतिक दल र इश्मा रजस्थलस्थित प्रहरी चौकीलाई मदिरा निषेध गर्ने आफुहरुको अभियानलाई सहयोग गरिदिन लिखित आग्रह समेत गरेको स्थानीय समाजसेवी चन्द्रवहादुर महतले जानकारी गराउनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग