Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

टुवोर्ग वियरमा लेउ भेटियो

Published on 3:26:00 PM //


गगनशिला खड्का
गुल्मीको सदरमुकाम तमघासको एक होटलमा टुवोर्ग वियरको शिल प्याक वोतलभित्र लेउ नै लेउको थेग्रो फेला परेको छ ।
तमघासको पुतलीवजार स्थित एक होटलमा राखिएको टुवोर्ग व्रुअरी, डेनमार्कवाट लाईसेन्स प्राप्त गोर्खा व्रुअरी प्रालि मुकुन्दपुर नवलपरासीवाट उत्पादित टुवोर्ग वियर को एक वोतलभित्र यस्तो अखाद्य पदार्थ फेला परेको हो । यस संवन्धमा उक्त वियर उत्पादन गर्ने गोर्खा व्रुअरी प्रालिका सेल्स एक्ज्युकेटिभ संगम श्रेष्ठसँग सम्पर्क गर्दा सिल प्याक वियरको वोतलमा हावा पस्दा त्यस्तो लेउ जम्ने वताउनुभयो । उहाँले उत्पादन गर्दा कुनै कमी र गुणस्तरमा हेलचेक्राई नभएको दावी गर्दै हावा पस्दा अन्य स्थानमा पनि त्यस्तो फेला परेको र त्यसलाई कम्पनीले फिर्ता गर्दै आएको वताउनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग