Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सत्ता लुछाचुडिमा लाग्दा समयमै संविधान बनेन: थापा

Published on 2:44:00 AM //


सीता भण्डारी
राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापाले समयमै संविधान निर्माण गर्नुको साटो मुख्य ३ दल सत्ता लुछाचुडिको खेलमा लागेको आरोप लगाएका छन् । आज गुल्मीको सदरमुकाम तम्घासमा सो पार्टी गुल्मी जिल्ला कमिटीले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै थापाले यस्तो आरोप लगाएका हुन । ”माओवादी, कांग्रेस, एमाले सत्ता लुछाचुडिको खेलमा लागेकै कारण समयमै संविधान बन्न नसकेको ’थापाको भनाई थियो । साथै समयमा संविधान निर्माण र संघिय राज्यको कुरा गरेर माओवादी, कागे्रस, एमालेले जनतालाई झुक्काएको समेत उहाँको भनाई थियो । 
३ दलले संघियता स्वीकार गरेपनि कांग्रेस एमालेको कयौँ कार्यकर्ताले संघियता स्वीकार नगरेको जिकिर गर्दै थापाले संघिय राज्य बनाउदा देश विखण्डीत हुने जनमोर्चाको दावि दोहोर्‍याए । कार्यक्रममा सो पार्टि निकट अखिल नेपाल जनजाति संम्मेलनका केन्दिय महासचिव राम बहादुर बुढा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम राष्ट्रिय जनमोर्चा गुल्मीका अध्यक्ष जिवन रानाको अध्यक्षता र सचिव छविलाल सर्तुङ्गीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग