Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिमुवा-बुटवल जिप सेवा अबरुद्ध

Published on 2:45:00 AM //


सीता भण्डारी
गुल्मीको रिमुवा गाविस देखि बुटवल सम्म चल्ने जिप सेवा ग्वादी गाविसका उपभोक्ताहरुले अवरुद्ध गरेका छन् । वेलटारी लोकमा मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष ज्ञानहरी ज्ञवाली लगायतका ग्वादी गाविसका उपभोक्ताहरुले रुटमार्गको विषयप्रती असन्तुष्टि जनाउदै अवरोध सिर्जना गरेका हुन । रिमुवाबाट सिधै तालखोला हुँदै जानु पर्ने जिप थोर्गातिरबाट आवत जावत गर्दा ग्वादी गाविसका झण्डै ३ वटा वडाका उपभोक्ताहरु यातायातको सुविधाबाट बञ्चित भएको भन्दै मोटरबाटो समिति र सर्वदलिय बैठकले समेत निर्णय गरी तालखोला तर्फबाट जिप सञ्चालन नभएसम्म जिप सञ्चालनमा रोक लगाइएको ग्वादी गाविस सचिव बेद बहादुर कुवँरले बताउनु भयो । तर ग्वादी गाविसकै केहि उपभोक्ताहरुले भने यातायात सुबिधा अबरुद्ध गर्न नहुने र थोर्गातिरकै बाटो लैजादा पनि दुबै गाविस समेटिने तर्क गरेका छन् । सर्वदलिय बैठकका नाममा सिमित व्याक्तिहरुले निर्णय गरे र सुचारु जिप सेवा अवरुद्ध गर्न नहुने र त्यसबाट उपभोक्तहरुलाई पर्न जाने असुविधाको जिम्मेबारी अबरोध कर्ताहरुले लिनु पर्ने ग्वादीका समाजसेवी मंगलबहादुर रेगामीको तर्क थियो । वेलटारी लोकमा मोटरबाटो समितिका अध्यक्ष ज्ञानहरी ज्ञवालीले भने बाटाको नामाकरण अनुसार नै तालखोला हुदै जिप चलाउनु पर्ने अडान लिएको बताउनु भयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग