Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बस दुर्घटनामा पाँचको मृत्यु, ७१ यात्रु घाइते

Published on 12:33:00 PM //

रुकुम र धादिङमा छुट्टा-छुट्टै भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । अन्य ७१ जना यात्रु घाइते भएका छन् । रुकुमबाट दाङको तुल्सिपुर जाँदै गरेको एक यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । अन्य ६१ जना घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन ।

रा.१.ख.३६५ नम्बरको बस मंगलबार बिहान रुकुमको मुरु गाविस नजिक डाँगी मोडमा दुर्घटना भएको हो । बस सडक भन्दा ३ सय मिटल तल खंसेको छ । क्षमता भन्दा बढी यात्रु बोकेको र कच्ची बाटा रहेका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि सदरमुकाम खलंगा लगिएको छ ।

यसैगरी,पृथ्वी राजमार्ग अन्तर्गत धादिङको भमेस्थानमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । मृत्यु हुनेमा बागलुङ माल्वाका सूर्यबहादुर मल्ल छन् । बागलुङबाट काठमाडौं आउँदै गरेको ना.३.ख ९६८१ नम्बरको बस मंगलबार बिहान दुर्घटना भएको हो । घाइतेलाई काठमाडौं ल्याइएको छ ।


ईकान्तिपुरबाट 
फोटो: नागरिकन्युज

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग