Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खाडीको अस्पतालमा जीवन र मृत्युको दोसाँधमा २३ बर्षे नेपाली चेली

Published on 6:40:00 PM //


आज भन्दा छ महिना पहिले वैदेशिक रोजगारको सिलसिलामा कतार आएकी थिइन् निशा मिश्र । सात बर्षको छोराको भविष्यको लागि केहि गर्छु भन्ने सपना बोकेर कतार आएकी निशा जब एक्कासी छाती दुख्ने समस्या देखिएपछि हमाद मेडिकल अस्पतालमा जचाउन पुग्दा उनी छांगोबाट खसेको जस्तो भईन् । उनीलाई विगत सत्र दिन देखि जाँच पड्ताल गर्दै आएका डक्टरले उनकै अगाडि बाँच्ने सम्भावना न्युन भएको भन्दै नेपाल जान आग्रह गरेपछि अहिले उनको र उनको परिवारमा आँसुको भेल रोकिएको छैन ।
 आज भन्दा ४ बर्षपहिले लोग्नेले छोडेर अर्को विहे गरेपछि उनी माइतीको आश्रयमा बस्दै आएकी थिइन् । बडो कष्टको साथ पैसाको जोहो गरेर कतार आएकी उनी नेपालबाट मेनपावरले ब्युटिपार्लरको लागि मासिक १००० भनेर पठाए पनि आठ सय भन्दा नदिएको बताउने उनी अहिले म मेरो लागि होइन, मेरो छोराको लागि भने पनि बाँच्न चाहन्छु भनी सहयोगको याचना गरेकी छिन् । 


झापा गरामनी ४ माइती भएकी निशालाई विहे भएको ३ बर्षमा नै विराटनगरवासी उनका पतिले छोडेपछि माइतीघरमा बस्दै आएकी छिन् । माइतीको आर्थिक अवस्था एकदम नाजुक भएको र आमा एकजना विद्युत प्राधिकरणमा पियनको जागिरबाट घर चलाउँदै आएको हुनाले नेपाल फर्किएपछि उनको उपचार गरेर बाँच्ने आशा नरहेको बताउँदै कतार स्थित हमाद मेडिकल अस्पतालको बेड नं. ६३५ मा दुइ हातले मुख छोपेर भक्कानो छोडेर रोइन् । 
यदि मलाई नेपाली चेली संझीएर बचाउन चाहनुहुन्छ भने तपाईंहरुलाई मेरो धेरै आशिष लाग्ने छ भन्दै कतारमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा सामाजिक संस्थाहरुसंग सहयोगको लागि यो सन्देश पुर्याइदिन आग्रह गरिन् । त्यहाँ कार्यरत भारतीय डक्टरलाई भेटेर परामर्श लिँदा यसको उपचार भारतमा सहजसंग हुने तर यहाँ ठूलो रकम लाग्ने भएको हुनाले नेपाल पठाउन खोजिएको बताउने उनले निशाको मुटुको दाहिने भागमा मासुको झिल्ली मात्र पलाएको हुँदा त्यसको लागि मुटु प्वाल पारेर कृत्रिम संयन्त्र जडान गरेमा लामो समय बाँच्न सक्ने बताए । 



२३ वर्षिय निशाको लागि कतारका सामाजिक संस्थाले ३ महिनाको लागि ९,००० रियाल बराबर (एकलाख असी हजार रुपैँया नेपाली ) को औषधी निशुल्क उपलब्ध गराउने भएको पनि निशाले बताईन् । "यदि दयालु मुटु भएको कोहि नेपाली दाजुभाईहरु हुनुहुन्छ भने मलाई आर्थिक सहयोग गर्नुहोस् "- उनले भनिन् । "पतिले छोडेपनि छोराको लागि भनेर माइतीमा बसेर बाँचेकै थिएँ । नाबालक छोरालाई शिक्षा दीक्षा दिएर बालिग र योग्य बनाउछु भन्ने मेरो सपना पुरा गर्न भने पनि मलाई सहयोग गर्नुहोस् , यो मेरो सहयोगको सन्देश सवैमाझ पुर्याएर सहयोग गर्नुहुनेछ भन्ने आशा लिएकी छु "- उनले भनिन् । 



उनको थप उपचार्रार्थ तथा नेपाल पठाउने व्यवस्थाको लागि कतारका व्यवशायी तथा समाजसेवी महेन्द्र चौँलागाईं र लक्ष्मण खतिवडा तथा प्रवासी नेपाली झापाली सर्म्पर्क मञ्चले आर्थिक सहयोग संकलन गरी पिडित निशालाई तीन/चार दिनमा नै नेपाल पठाउने तयारीमा लागेको बताएका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग