Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पटक–पटक बिद्यालयमा चोरी

Published on 10:27:00 PM //

सीता भण्डारी
गुल्मी जिल्लाको पुर्कोट दह गाविसमा रहेको पृथ्वी उच्च माध्यमिक विद्यालयमा पटक पटक विद्यालयका सामानहरु हराउने गरेका छन् । केही दिन अघि सो विद्यालयको कोठा भित्र राखिएका केही शैक्षिक सामाग्रीहरु हराएको केही दिन नवित्दै फेरि ४० हजार मुल्य वरावरको सोलार र हाते माईक समेत चोरी भएको विद्यालयले जनाएको छ ।
पटक पटक विद्यालयको सामान हराउने र कतिपय शिक्षकहरु विद्यालय समय अवधिभर नरहने गरेको गुनासो गर्दै अभिभावकहरुले विद्यालय प्रशासनको कमजोरी भएको आरोप लगाएका छन् । यस संवन्धमा प्रधानाध्यापक धनिश्वर अर्यालले भने विद्यालय प्रशासनको कुनै कमजोरी नभएको दावी गर्नुभयो । उहांले विद्यालय एकान्त स्थानमा रहेकोले रातमा सुरक्षार्थ खटिएका कर्मचारीको आंखा छलेर चोरी भएको बताउनु भयो ।
यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरवहादुर कुवंरले पनि रातीमा बिद्यालयको सामान चोरी हुनु विद्यालय प्रशासनको कमजोरी नभई विद्यालय व्यवस्थापन समितिको विपक्षमा रहेका केही समुहहरुको षड्यन्त्र हुनसक्ने वताउनुभयो । उहांले आफ्नो अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिको गठन भएदेखि नै यस्तो षडयन्त्र शुरु भएको दावी गर्नुभयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग