Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बन्दको प्रभाव गुल्मीमा पनि

Published on 10:29:00 PM //

सीता भण्डारी
आदिबासी जनजाती महासघंले गरेको नेपाल बन्दले गुल्मी जिल्लाको जनजिवन पनि बिहानै देखि प्रभावित बनेको छ । बिभिन्न मागहरु राख्दै चरणबद्ध आन्दोलन गर्दै आएको आदीवासी जनजाती महासघंले शुक्रबार १ दिनका लागि बन्दको आवह्न गरेको हो । बन्दका कारण गुल्मी जिल्लाको सदरमुकाम तम्घास तथा आसपासका क्षेत्रहरुको जनजिवन प्रभावित बनेको हो । 
बाग्लुङ बजारको एक सटरअगाडि नाम्लोको सिरानी राखेर सुतिरहेका मजदुर।
आदिवासी जनजातिले शुक्रबार आह्वान गरेको बन्दका कारण '
भारी बोक्ने मजदुरले पनि काम नपाएको बताए ।
तस्बिरः दीलिप पौडेल/नागरिकन्युज 
बन्दले बिहानै देखि सदरमुकाम तम्घास सुनसान बनेको छ भने यहाँबाट छुट्ने लामो तथा छोटो दुरिका सवारी साधनहरु समेत चलेका छैनन । बन्दे जिल्लाका सम्पुर्ण पसल, शैक्षिक सस्था, उद्योग, कलकारखाना बन्द रहेका छन । बन्दले कक्षा १२ को परिक्षालाई भने कुनै असर नपर्ने  महासघंले जनाएको छ । बन्दका क्रममा एम्बुलेन्स, प्रेस, मानवअधिकारकर्मी, बिवाह, शवबाहन, पर्यटकका सवारी साधनहरु भने निर्वाध रुपमा सञ्चालन हुने समेत महासघंले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग