Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जीर्ण पुलमा दुर्घटनाको खतरा

Published on 3:56:00 PM //

प्रकाश बराल
दैनिक दुई सय विद्यार्थी र सयौं बासिन्दाहरू आवतजावत गर्ने यहाँको झोलुंगे पुलको जीप भत्केपछि चुँडिने खतरा भएको छ । भीमगिठे-८ देखि छिमेकी जिल्ला गुल्मीको नेटा गाविस जोड्ने बढीगाड खोलाको पुलको जीप भत्केर चँुडिने खतरा भएको हो ।

पुरानो प्रविधिको साङ्ले पुल भएकोले स्थानीय बासिन्दाले तत्काल मर्मत समेत गर्न नसकेको बताए । मर्मतका लागि गाविसले पनि रकम नदिएपछि समस्या थपिएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

तत्काल मर्मत नभए वषर्ातमा विद्यार्थीहरू विद्यालयम आउनै नसक्ने भएको छ स्थानीय बुद्ध माविका प्रअ खिमानन्द आचार्यले भने, 'विद्यालयको सबैभन्दा धेरै विद्यार्थी गुल्मीबाट आउने गरेका छन् ।' हिउँदमा पनि तर्न नसकिने उक्त खोलामा वषर्ातमा तर्न सकिने कुरै भएन उनले गुनासो गरे ।

मर्मतका लागि पटकपटक कुरा गरे पनि गाविस र जिविसले सहयोग नगरेको स्थानीयको गुनासो थियो । झोलुङ्गे पुल मर्मत समिति निर्माण भएमा तीन हजारसम्म सहयोग गर्न सक्ने प्रावधान जिविसमा रहेको स्थानीय विकास अधिकारी विष्णुबहादुर थापाले बताए । पुरानो झोलुंगे पुल भएकोले जिल्ला प्राविधिक कार्यालयमा पनि त्यस्तो पुलको मर्मत गर्ने जनशक्ति नभएको थापाले बताए । 'सबै दलको सहमति बाट आएमा जिविसले थप रकम विनियोजन गर्न सक्ने भए पनि नियमित ३ हजार मात्र दिन सकिने व्यवस्था छ,' थापाले भने ।

विद्यार्थीसँगै उक्त पुलबाट गुल्मीको नेटा गाविसका अधिकांश बासिन्दा हिँड््ने गर्छन् । गुल्मी सदरमुकाम जान र बुटवल वा अन्य सहरी क्षेत्रमा जानको लागि पनि उनीहरूले उक्त पुल प्रयोग गर्छन् । उनीहरूले उक्त पुलबाट हिउँद वषर्ा दुवै सिजनमा गाईभैंसी हिँडाउने र दाउरा घाँस समेत गर्दै आएका छन् ।

पुरानो र मर्मतमा झोलुंगेपुल विभागले मात्र हेर्ने भएकोले स्थानीय बासिन्दाले विभागमा माग पुर्‍याउन नसकेको स्थानीय रुद्रवीर थापाले बताए । 'कसले सहयोग गर्ने हो भन्ने हामीलाई थाहा भएन,' थापाले भने, 'सहयोग माग्ने गाविस र जिविसले वास्ता गरेनन् ।' तत्काल पुल निर्माण गर्न ठूलो खर्च लाग्ने भएकोले मर्मत गर्नुपर्ने सोच जिल्ला प्राविधिक कार्यालयले बनाए पनि पुरानो प्रविधिको पुल मर्मत गर्ने प्राविधिक पाउन मुस्किल पर्ने गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग