Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बाहुनहरुको आन्दोलनले पश्चिमाञ्चल ठप्प, क्षत्रीहरुको पनि समर्थन

Published on 1:33:00 PM //

सिता भण्डारी
जातीयताको आधारमा ब्राह्मणहरुलाई सरकारले विभिन्न सेवसुविधा र अधिकारवाट बञ्चित गर्न खोजेको भन्दै विभिन्न मागसहित ब्राह्मण समाज नेपालले आज पश्चिमाञ्चलका १६ जिल्ला बन्दको आहवान गरेको छ । समयमै संविधान घोषणा गर्नुपर्ने, हिन्दुराज्य, ब्राह्मण जातीलाई मुल आदिवासीमा सुचिकृत गर्नुपर्ने, जातिय होइन वर्गिय आधारमा आरक्षण हुनुपर्ने लगायतका माग राख्दै पश्मिाञ्चल बन्दको आह्वान गरिएको हो । ब्राह्मण समाजले अव्हान गरेको बन्दप्रति समर्थन जनाउदै सम्पुर्ण कलककारखाना, संघसंस्था, यातायात व्यवसायी, शैक्षिक संस्थाहरु स्वतस्फुर्त रुपमा बन्द रहेका छन् । विहानैदेखि लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन आज छुटेका छैनन् भने बजार शैक्षिक संस्था तथा उद्योग कलकारखाना पनि बन्द रहेका छन् ।
फाईल तस्बिर: तारा भुषाल 
वन्दका क्रममा चालु उच्च माध्यमिक तहको परीक्षा, एम्वुलेन्स, दमकल, शववाहन, विवाहका गाडी, प्रेस, रेड्क्रस, मानवअधिकारकर्मी र कुट्नीतिक क्षेत्रका सवारी साधनलाई भने निर्वाधरुपमा चल्ने दिने समाजले जनाएको छ । विहान ६ बजेबाट शुरु भएको बन्द बेलुका ६ बजे सकिने व्रमाण समाजका केन्द्रिय महासचिव रोमणी प्रसाद पाठकले बताउनु भयो । 
यसैविच ब्राह्मण समाजले आहवान गरेको आन्दोलनमा क्षत्री समाज नेपाल रुपन्देहीले ऐक्यवदता जनाएको छ । विभिन्न जातिय अधिकारको माग गर्दै सडक संर्घषमा उत्रिएको ब्राह्मण समाजका मागहरु जायज भएको भन्दै क्षत्री समाजले आफुहरुको पुर्ण समर्थन र साथ रहेको बताएको छ । क्षत्री समाजका जिल्ला अध्यक्ष ओम वहादुर फौजदार र सचिव कृष्ण केसीद्धारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञक्तीमा राज्यले हरेक जातीले आफ्नो पहिचानका लागि गरेको आन्दोलनको सुनुवाई गर्नु पर्ने उल्लेख छ । 
बन्दको पुर्वसन्ध्यामा ब्राह्मण समाज गुल्मीले हिजो साँझ मसाल जुलुस प्रर्दशन गरेको थियो । तम्घासको नयाँवसपार्क उदिनढुङ्गा देखि सुरु भएको मसाल जुलुस तम्घास वजार परीक्रमा गरी लाँकुरीमञ्चमा आएर कोणसभामा परीणत भएको थियो । बन्दको पुर्वसभ्ध्यामा पश्चिमाञ्चलका १६ जिल्लाकै विभिन्न स्थानमा मसाल जुलुस निकालीएको थियो ।

Tags:

1 comment

  1. आफु जन्मिएको ठाउ भयर होला यो समाचार पड्दा धेरै खुशी लाग्यो, धेरै फाईदा हुन्छ भने दुई - चार घरहरुलाई पुनर्बास बनाउनुपर्‍यो र छेतिको सरकारले पुर्ती गर्दिनु पर्‍यो, दुई - चार अोता आयोजना को लागि लगानी सन्कलन गर्नको लागि यती गार्हो पर्दैन होला, एक पटक सोच्नुहोस् त, बैदेशिक रोजगारीमा गएका लाख - लाख नेपालीहरुलाई, लगानी गर्ने राम्रो अबसर पाएमा धेरै नेपली ले लगानी गर्छन्, धेरै नेपलीहरु सुरछित लगानिको पर्खाइमा छन, बैदेशिक रोजगारीमा गएका धेरै नेपालीहरुले बिलासिताका बस्तुमा र अनुत्पादक छेत्रमा लगनी गरेको सबैलाई जानकारी छदै छ । लगानीको सरकारले ग्यारेन्टी दिनुपर्‍यो र एम्बेस्सी मार्फत सुचनाको जान्कारी गराउनुपर्‍यो कोही कुनै योजनामा लगानी गर्न इछुक छ भने भन्ने बारेमा, साथै रकम सन्कलनको पनि सुबिधा दिनेहो भने धेरै होइन दुई - चार आयोजनाको लागी सजिलै पुजी सन्कन पनि हुन्छ र अनुत्पादक छेत्रमा हुने लगानी पनि रोकिन्छ । हाम्रा नेता गणहरुले कुर्ची मा मात्रा गिध्धे नजर लगाउनले देश को यो बिजोग भयको हो ।

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग