Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"गुल्मीको जलाशययुक्त परियोजना समग्र विकासको मुख्य आधार वन्छ": पुर्व अर्थ सचिव खनाल

Published on 1:51:00 AM //


गगनशिला खड्का
गुल्मीमा विशाल जलाशययुक्त विद्युत परियोजना पहिचान भएको सम्वन्धि समाचार प्रकाशित भएपछि उक्त स्थानको थप अध्ययन गर्न गुल्मी आई पुगेका पुर्व अर्थ सचिव रामेश्वर खनालले उक्त जलाशययुक्त परियोजना गुल्मीको समग्र विकासको मुख्य आधार भएको वताएका छन् ।
छल्दी पनाह र निस्ती खोलमा जलाशययृक्त परियोजना पहिचान गर्ने यस अघिको विज्ञ टोलीहरुले ५० देखि ६० मेगावाटसम्म जलाशययुक्त परियोजनाको सम्भावना रहेको वताए पनि विहीवार उक्त खोलाको स्थलगत अध्ययन गरी फर्किएका पुर्व अर्थ सचिव खनालले सदरमुकाम तमघासमा एक पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन् । विभिन्न सञ्चार माध्यममा गुल्मीमा विशाल जलाशययुक्त विद्युत परियोजनाको सम्भाव्यता रहेको समाचार आएपछि आफु उक्त खोलाको थप अध्ययन गर्न आईपुगेको वताउने खनालले यस अघिको अध्ययन टोलीले ५० देखि ६० मेगावाटसम्म विद्युत उत्पादन हुने वताएपनि त्यो भन्दा वढी क्षमताको विद्युत उत्पादन हुने उनले वताए । 
इन्द्रावती नदीको जलाशययुक्त परियोजनालाई अध्ययन गरेको अनुभव सुनाउँदै खनालले त्यो भन्दा उपयुक्त जलाशययुक्त परियोजना गुल्मीमा रहेको वताए । इन्द्रावतीमा भन्दा कम लगानी तथा कम क्षतिमा १ सय देखि १ सय २० मेगावाटसम्म जलाशययुक्त विद्युत उत्पादन गर्न सकिने वताउँदै उनले यसतर्फ सवै पक्षको ध्यान जानुपर्नेमा जोड् दिए । उनले दातृ निकायको सहयोगमा हालसम्म शुरु भएका योजनाहरु अवरोध हुने साथै वर्षौसम्म पुरा नहुने यथार्थलाई मध्यनजर राखी उक्त परियोजनालाई समुदायले नै लगानी गर्नुपर्नेमा उनको सुझाव थियो । 
स्थानीय उपभोक्ताहरुवाट २५ प्रतिशत लगानी गर्न सकिए वाँकी ७५ प्रतिशत ऋणपुँजी लगानीवाट उक्त परियोजना सजिलै सम्पन्न गर्न सकिने खनालले वताए । भरसक जिल्लाका प्रत्येक घरधुरीलाई शेयर पुँजी लगानीको वातावरण सृजना गर्नमा जोड् दिँदै अनुमानित ९ अर्वमा परियोजना सम्पन्न गर्न सकिने वताए । जलाशययुक्त परियोजनाका लागि वाँध वनाउँदा छल्दी पनाह र निस्ती खोलाको संगम स्थल हस्तीचौरको रातडाँडाको वस्ती डुवानमा पर्ने त होईन भन्ने पत्रकारहरुका प्रश्नमा पुर्व अर्थ सचिव खनालले खोलाको भाग निक्कै गहिरो र दुर्वतर्फ कडा चट्टान भएकोले त्यस्तो क्षति नहुने वताए । खोला किनार नजिकका केही खेत र एक दुई घरहरु डुवानमा पर्न सक्छन्, उनीहरुलाई क्षतिपुर्ति दिलाएर परियोजना सम्पन्न गर्दा पनि घाटा व्यहोर्न नपर्ने उनको धारणा थियो । 
पुर्वतर्फ वडिघाट खोला र उत्तर पश्चिमवाट वग्दै आईरहेको छल्दी पनाह र निस्ती खोलाको दोभान विचमा वाँध निर्माण गरी जलाशययुक्त परियोजना निर्माण गर्न सकियो भने पर्यटकहरुको आकर्षक गन्तव्य स्थल वन्न सक्ने र त्यहाँ र्‍याटिफ्ङ्ग, पवित्र धार्मिक स्थल रेसुङ्गामा केवुलकार सञ्चालन गर्न सकिने लगायतका विकासका प्रचुर संभावना रहेकोले आफुहरुले भन्दा पनि स्थानीय राजनीतिक दलहरुले माथिल्लो निकायमा यो सम्भावनालाई सम्पन्न गर्नका लागि जोड् दिनुपर्ने उनको सुझाव थियो । 

1 comment

  1. आफु जन्मिएको ठाउ भयर होला यो समाचार पड्दा धेरै खुशी लाग्यो, धेरै फाईदा हुन्छ भने दुई - चार घरहरुलाई पुनर्बास बनाउनुपर्‍यो र छेतिको सरकारले पुर्ती गर्दिनु पर्‍यो, दुई - चार अोता आयोजना को लागि लगानी सन्कलन गर्नको लागि यती गार्हो पर्दैन होला, एक पटक सोच्नुहोस् त, बैदेशिक रोजगारीमा गएका लाख - लाख नेपालीहरुलाई, लगानी गर्ने राम्रो अबसर पाएमा धेरै नेपली ले लगानी गर्छन्, धेरै नेपलीहरु सुरछित लगानिको पर्खाइमा छन, बैदेशिक रोजगारीमा गएका धेरै नेपालीहरुले बिलासिताका बस्तुमा र अनुत्पादक छेत्रमा लगनी गरेको सबैलाई जानकारी छदै छ । लगानीको सरकारले ग्यारेन्टी दिनुपर्‍यो र एम्बेस्सी मार्फत सुचनाको जान्कारी गराउनुपर्‍यो कोही कुनै योजनामा लगानी गर्न इछुक छ भने भन्ने बारेमा, साथै रकम सन्कलनको पनि सुबिधा दिनेहो भने धेरै होइन दुई - चार आयोजनाको लागी सजिलै पुजी सन्कन पनि हुन्छ र अनुत्पादक छेत्रमा हुने लगानी पनि रोकिन्छ । हाम्रा नेता गणहरुले कुर्ची मा मात्रा गिध्धे नजर लगाउनले देश को यो बिजोग भयको हो ।

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग