Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्यार्थी नभएपछि हाजिर गरेर तलव पकाउदै शिक्षकहरु

Published on 1:39:00 AM //

यस शैक्षिक सत्रमा एक जना पनि विद्यार्थी भर्ना नभएपछि गुल्मी जिल्लाको नयाँगाउ गाविसका दुई शिक्षिकाहरु विद्यालयमा हाजिर गरेर मात्रै तलब खाइरहेका छन । 
नयाँगाउ गाविस वार्ड नं १ महानन्द प्राथमिक विद्यालयमा गत शैक्षिक सत्रसम्म निजी स्रोतका एक सहित ३ शिक्षक शिक्षिकाहरुले जम्मा ५ जना विद्यार्थी पढाएर तलव खाँदै आएका थिए भने यस शैक्षिक सत्रमा एक जना पनि विद्यार्थी भर्ना नभएपछि शिक्षकशिक्षिकाहरु हाजिर मात्रै गर्न बाध्य भएका हुन । 
यस्तै गुल्मीकै हर्दिनेटा गाविसको वार्ड नं ४ को तारुक गाँउमा रहेको जनज्योति प्रा. वि मा गत शैक्षिक वर्ष सम्म ५ विद्यार्थी २ शिक्षक थिए भने यस शैक्षिक सत्रमा जम्मा ३ जना मात्रै विद्यार्थी भर्ना भएपछि प्रधानध्यापक भोजराज न्यौपाने र निजी स्रोतका शिक्षकले जम्मा ३ जना मात्रै विद्यार्थीहरु पढाएर मासिक १४ हजार भन्दा बढी तलव खाँदै आएका छन ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग