Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कुमाल समुदाय तरकारी खेती तिर

Published on 2:40:00 PM //

गल्मीको अमरपुर गाविसका कुमाल समूदायको जीवन अहिले तरकारी खेतीबाट एकाएक परिवर्तन भएको छ । लिबर्डको बगैचा परियोजनाले घर बगैंचा परियोजना कार्यक्रम सञ्चालन गरेपछि तरकारी र फलफूल खेती गरेका कुमाल समूदायको जीवन एकाएक परिवर्तन भएको हो । लिबर्डले आर्थिक अवस्था कमजोर भएका समुदायको जीवनस्तर उकास्नका लागि अभियान सञ्चालन गरेपछि उनीहरुले घरघरमा तरकारी र फलफूल बगैचा बनाएका छन् ।
लिबर्डको गत बर्षको उत्कृष्ट सिर्जनशिल
किसानको  अवार्ड  जितेकी अमरपुर
१की  उजेला कुमाल । फोटो: लिबर्ड 
गाविस सचिव शेरबहादुर थापाले तरकारी र फलफूल उपभोग मात्र होईन, बिक्रीबाट मनग्गे आम्दानी हुन थालेपछि उनीहरुको जीवनस्तरमा समेत परिवर्तन आएको बताउनुभयो । लिवर्डको सहयोगमा गाउँमा गठन भएका चण्डेश्वरी घर बँगैचा कृषक समूह र जनकल्याण घरबगैंचा कृषक समूहमा आवद्ध भएर किसानले फलफूल र तरकारी खेती गरिरहेका छन् ।
अमरपुर वडा नं. १ का १३४ घरधुरी मध्ये ३२ घरधुरी र वडा नं. २ मा रहेका १५६ घरधुरी मध्ये २९ घरधुरी समूहमा आबद्ध छन् । आफ्नै घरमा हरियो तरकारी उत्पादन गरेर खान थालेपछि कुमाल समूदायमा बिरामी हुने क्रम समेत घटेको स्थानिय वासिन्दाले बताएका छन् । घर बगैँचा कार्यक्रमले सबैभन्दा बढी आँखाका रोगमा कमी आएको निवर्तमान गाविस अध्यक्ष रेशमबहादुर जि.सि.ले बताउनुभयो ।
अमरपुरमा मात्र नभई गुल्मीका ९ गाविसमा २०६२ सालदेखि जिल्ला कृषि विकास कार्यलय गुल्मी र लिबर्डको सहकार्यमा घर बगंैचा कार्यक्रम सञ्चालन भएको छ । लिबर्डले २ गाविसमा कार्यक्रम सञ्चालन गरेको छ भने जिल्ला कृषि विकास कार्यालयले ७ गाविसमा कार्यक्रम सञ्चालन गरेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग