Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मौरी पालेर बार्षिक छ लाख आम्दानी

Published on 2:53:00 PM //


सिता भण्डारी 
बाग्लुङको जैदीका एक युवाले मौरी पालनबाट मनग्य आम्दानी गरेका छन् । जिल्लाको जैदी-९ का देवराज पौडेलले मौरी पालन व्यवसाय सञ्चालन गरेर मनग्य आम्दानी गरेका हुन् । स्नातक पढेर पनि माहुरी पालन व्यवसायमा लागेका पौडेल नयाँ पुस्ताको उदाहरण पात्र हुन् मौरिपालन व्यवसायबाट उनले बार्षिक ६ लाख रुपैयाँ
आम्दानी गरेको पौडेलले बताए । जैदी र बाग्लुङ बजारमा करिव दुई सय घार मौरी पालेका छन् । आफ्ना बाबु मोहराजले सुरु गरेको पेशालाई परिमार्जन गरेर व्यवसायीक रुपमा अगाडि बढाएपछि मौरी पालन व्यवसाय फष्टाएको छ । पौडेलले अहिले बार्षिक करिव १६ क्विन्टल मह उत्पादन गर्ने गरेको बताउनु भयो । महको बिक्रिका लागि जिल्लाकै बागलुङ बजार, कुश्मीसेरा, ब्यारथला, बेलबगर, पर्वतको कुश्मा र फलेवास बजारमा बिक्रि केन्द्र राखेका छन् । उनले उत्पादन गरेको मह बाग्लुङ, पर्वत, पोखरा, काठमाण्डौ मात्र नभएर विदेश समेत निर्यात हुने गरेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग