Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सवारी दुर्घटनामा २ जनाको मृत्यु

Published on 12:52:00 PM //


शिबलाल सुबेदी
गएराती रुपन्देहीमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्गको पर्रोहा सरौलीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नम्बर नखुलेको टोयटा जिपको ठक्करबाट २४ वषिर्य बसन्त कार्कीको मृत्यु भएको हो । ठक्करवाट घाईंले कार्कीको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको पश्चिम क्षेत्रिय ट्रफिक प्रहरी कार्यलयले बुटवलले जनाएको छ । 
त्यसै गरि बुटवल भैरहवा सडक खण्डको कटैयामा लु १ ख ४५४४ नम्बरको बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृतक महिलाको अहिलेसम्म पनि सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । सडक पार गर्दै गर्दा महिलालार्इृ बसले ठक्कर दिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग