Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बर्तमान सरकारले नै शान्ती र संविधानको टुङ्गो लगाउनेः उर्जा मन्त्री विष्ट

Published on 10:43:00 PM //

गगनशिला खड्का
नेपाल सरकारका उर्जा मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य गोकर्णराज विष्टले शान्ती र संविधानलेखन कार्य पुरा नहुदा सम्म बर्तमान सरकार टिकिरहने ठोकुवा गर्नुभएको छ ।
विकासका लागी उर्जा भन्ने मुल नारा साथ जिल्ला विकास समितिको आयोजनामा विहिवार भएको उर्जा सम्मेलनको उद्घाटन गर्न गृह जिल्ला गुल्मी आइपुगेका मन्त्री विष्टले बर्तमान सरकारले नै शान्ती प्रक्रिया र संविधान जारी गर्ने बताउनुभयो । उहाँले संविधान लेखन र शान्ती प्रक्रिया पुरा नहुदाँ सम्म तत्काल सरकारको विकल्प नरहेको बताउनुभयो । उर्जा मन्त्री विष्टले तत्काल सरकारको विकल्प खोज्नु भनेको देशमा फेरी युद्ध निम्त्याउनु बाहेक अरु केहि नभएको बताउनुभयो । उहाँले दलहरु विचको सहमतिका आधारमा संविधान सभाको म्याद थपिने समेत बताउनुभयो ।
मन्त्री विष्टले राजनितिक दलहरुको असहमतिका कारण जनताहरु निराश भएको बताउदै छिट्टै बर्तमान सरकारले नै सहमतिका लागी सबै राजनितिक दलहरु संग पहल शुरु गर्ने प्रतिवद्धता ब्याक्त गर्नुभयो । दुई दिनसम्म सम्म चल्ने उर्जा सम्मेलनको उद्घाट्न गर्दे मन्त्री विष्टले बर्तमान सरकार रहन्छ कि रहदैन भन्ने कुराले जनताहरुमा अन्योलता पैदा गरेको बताउदै जति समय रहन्छ त्यती समय सम्म राम्रो काम गर्ने बताउनुभयो । उहाँले सरकार रहन्छ कि रहदैन भन्दा पनि काम कति गर्छ भन्ने कुरा महत्वपुर्ण भएको बताउनुभयो । उर्जा मन्त्री विष्टले अन्य विगतका सरकारले २० वर्षमा गर्न नसक्ने काम अहिलेको सरकारले ६ महिनाभित्रमा पुरा गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
उर्जा मन्त्री विष्टले हाल देशमा विधुत प्रशारण लाईनमा बढि समस्या देखिएकोले यसै हप्ता भित्र समस्या भएको स्थानहरुमा तत्काल सामग्रीहरु उपलब्ध गराई स्थानीय जनताहरुलाई सेवा प्रदान गर्न विभागीय कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । उहाँले बर्तमान सरकारले श्रमिकहरुका लागी श्रमसहकारी संस्था र सामुदायिक विधुतीकरण कोषको स्थापना गरी ५० प्रतिशत लगानी समन्धीत आयोजनामै राखिने गृहकार्य थालेको जानकारी गराउनुभयो ।
गुल्मी गृह जिल्ला समेत रहेका मन्त्री विष्टले जिल्ला भित्रमा अग्लुङ्ग फेदि,छल्दी पनाह तथा कालिगण्डकी नदिमा नयाँ विधुतीकरण आयोजनाका लागी ६० देखी १ सय मेगावाट विधुत उत्पादन गर्न सकिने सम्भावना रहेकोले त्यसका लागी आफुले एक हप्ता भित्रैमा पहल गर्ने प्रतिबद्धता ब्याक्त गरे ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग