Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रक्तिम सांस्कृतिक अभियानको भेला सम्पन्न

Published on 1:45:00 AM //

बिष्णु थापा
कतार नेपाली एकता समाजको सांस्कृतिक बिभाग रक्तिम सांस्कृतिक अभियान, दोहा कतारको भेला हालै दोहामा सम्पन्न भएको छ। “छाडा संस्कृति विरूद्ध रक्तिम अभियान” भन्ने मूल नारा सहित अगाडि बढेको कार्यक्रमको सभापतित्व केन्द्रीय महासचिव भिमकान्त पन्थीले गर्नुभएको थियो । 
१ मिनेट शहीदहरूप्रति मौन धारण पश्चात अगाडि बढेको सो कार्यक्रम अशोक नेपालीले संञ्चालन गर्नुभएको थियो भने स्वागत भाषण केन्द्रीय कोषाध्यक्ष सविन श्रीसले गर्नुभएको थियो। कार्यक्रमका सभापति भिमकान्त पन्थीले पुनर्गठन गरी १ रिक्त, १४ पूर्ण र ४ सल्लाहकार गरी १९ सदस्यीय रक्तिम सांस्कृतिक अभियान दोहा कतारको नयाँ कार्यसमिति प्यानल प्रस्तुत गर्नुभएको थियो, जसलाई भेलाले एकमतले पारित गरेको थियो । 
पारित प्रस्ताव अनुसार भेलाले रक्तिम सांस्कृतिक अभियान दोहा कतारको अध्यक्षमा पूर्ण भुजेललाई चयन गरेको छ । समितिले उपाध्यक्ष दिलीप पुन, सचिव, प्रेम बि.क., सह-सचिव सोनु गुरूङ र कोषाध्यक्ष अशोक नेपाली हुनुहुन्छ । सदस्यहरूमा कोपिलामणी शर्मा, प्रेम नेपाली, कमल नेपाली, गोबिन्द बि.क., कर्ण नेपाली, लिला चन्द, बिष्णु जि. एम., पदम के. सी., सन्तोष सुनार रहनुभएको छ । यसैगरी सल्लाहकारमा चन्द बहादुर नेपाली, उद्धव मगर, बिष्णु थापा र धन कुमार ठडराइ रहनुभएको छ । 
कार्यक्रमको अन्त्यमा केन्द्रीय सचिव टुकनाथ शर्माले बधाई तथा शुभकामना मन्तव्य दिनुभएको थियो भने कार्यक्रमका सभापति भिमकान्त पन्थीले नयाँ कार्य समितिलाई नयाँ जोश र जाँगरका साथ अगाडि बढ्न तथा निरन्तर प्रगतिको कामना गर्दै रक्तिम सांस्कृतिक अभियान दोहा कतारलाई एकता समाज केन्द्रीय समितीको सदैव साथ तथा सहयोग रहने बचन व्यत्क गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग