Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आजदेखि गुल्मीमा उर्जा सम्मेलन

Published on 12:55:00 PM //


सीता भण्डारी,
गुल्मीको सदरमुकाम तम्घासमा आजदेखि दुई दिने उर्जा सम्मेलन शुरु हुन लागेको छ । उर्जा क्षेत्रको संम्भाव्यता अध्ययन, उर्जा संकट न्यूनिकरण र नविकरणीय उर्जामा लागानी आकर्षित गर्ने उद्देश्यले उक्त उर्जा सम्मेलन गर्न लागिएको हो । उर्जा सम्मेलनको आज दिउसो ३ वजे माननीय उर्जामन्त्री गोकर्णराज विष्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 
जिल्ला विकास समिति गुलमीको आयोजनामा संचालन गर्न लागिएको उक्त सम्मेलनमा जलवायु, वातावरणीय सवाल, उर्जाको महत्व र उर्जा संकट न्यूनिकरणमा स्थानीय निकायको भुमिका विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिने उर्जा अधिकृत चिरञ्जीवी भट्टराईले जानकारी दिनु भएको छ । कार्यक्रममा जिल्लास्थित गाउँ विकास समितिका सचिवहरु,सामुदायीक विद्युतिकरण र लघु जलविद्युत परियोजनाका अध्यक्षहरुको सहभागिता रहने जनाईएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग