Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ट्रकको ठक्करवाट एकको घटनास्थलमै मृत्‍यु

Published on 12:55:00 PM //


सीता भण्डारी,
अर्घाखाँचीको जलुके ५ राप्तीपुल नजिकै आज विहान ट्रकले मोटरसाईकललाई ठक्करदिँदा मोटरसाईकलमा सवार एक जनाको घटनास्थलमै मृत्यू भएको छ । वुटवलवाट तुलसीपुर तर्फ जादै गरेको लु७प ४८९७ नं. को मोटरसाईकललाई विपरीत दिशाबाट आउदै गरेको ट्रकले पुर्वपश्चिम राजमार्गको जलुके ५ सातमारा राप्तिपुल नजिकै ठक्कर दिँदा मोटरसाईकलमा पछाडी सवार एक महिलाको घटनास्थलमै मृत्यू भएको हो । मृत्यूहुनेमा सल्यान त्रिवेणी ९ दोभान वस्ने वर्ष २३ कि सान्ता थापा रहेको ईलाका प्रहरि कार्यालय भालुवाङ्गले जनाएको छ । मोटरसाईकललाई ठक्कर दिएपछि फरार रहेको ट्रकको खोजि कार्य भईरहेको र मोटरसाईकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सामान्य घाईते मोटरसाईकलका चालकको स्थनीय मेडीकलमा उपचार भईरहेको जनाईएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग