Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दलित बालिका बलात्कार गर्ने प्रहरी हिरासतमा

Published on 12:33:00 PM //


सीता भण्डारी,
केहि दिन अघि गुल्मीको नेटा गाविसकी एक दलित बालिकालाई बलात्कार गर्ने स्थानीय एक युवालाई जिल्ला प्रहरी कार्यालय, गुल्मीले पक्राउ गरी हिरासतमा राखेको छ ।
नेटा गाविस वार्ड नं. २ घर भई बाग्लुङ्गको खारा बजारको एक घरमा घरेलु कामदारको रुपमा रहेकी १३ वर्षीया एक दलित बालिकालाई बैशाख २१ गते साँझ बलात्कार गरेको अभियोगमा नेटा गाविस वार्ड नं. १ निवासी अन्दाजी १८ वर्षीय नारायण मरासिनीलाई प्रहरीले हिरासतमा लिएको हो । पीडित बालिकाका अनुसार उक्त दिन साँझ उनी बारीबाट दाउराको भारी लिएर आउँदै गरेको अवस्थामा मरासिनीले भरी बिसाउन लगाइ जबजस्ती करणी गरेको वालिकाले वताएकी छिन् । 
घटनालाई स्थानीय रुपमै समाधान गर्ने प्रयास गरिए पनि दलित अधिकारकर्मीहरु सशक्त रुपमा उत्रेएपछि खारा प्रहरीले आरोपित युवकलाई जिल्ला प्रहरी कार्यलय, गुल्मीमा बुझाउन बाध्य भएको दलित महिला संघ, गुल्मीकी अध्यक्ष कमला बरालले बताउनुभएको छ । यता प्रहरी नायब उपरिक्षक पदमप्रसाद सुवेदीले भने आरोपित युवकलाई हिरासतमा लिइएको र मुद्धा अदालत तर्फ पठाइएको बताउनुभयो । 
नेटा गाविसको अति विपन्न परिवारकी ति बालिकाकी आमा आफूसँग न्यायका लागि तम्घास आउने खर्चसमेत नभएकोले चन्दा उठाएर छोरीलाई न्याय दिलाईदिन सबैसँग हारगुहार गरेको बताउनुभयो ।

2 comments

  1. gauka sathi haru ramro kam ma lagnu prayo k gareko yesto

    ReplyDelete
  2. try to put your mind always in busy and positive think it should put your mind healthy and fast developed your mind. but i have get shocked from this news.because i love my district's good news.

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग