Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाललाई चार बर्ष भित्रमा लोडसेडिङ्ग मुक्त बनाउने उर्जामन्त्री बिष्टको दाबी

Published on 1:49:00 AM //


देशलाईृ चार बर्ष भित्रमा लोडसेडिङ्ग मुक्त बनाउने मन्त्री विष्ट उर्जा मन्त्री गोकर्णराज विष्टले विद्युत प्राधिकरणको जग्गामा काठमाण्डौको वालाजुमा वनाईएका घरहरु डोजर लगाएर भत्काईदिने र कव्जा जग्गा फिर्ता गराउने चेतावनी दिएका छन् । सरकार ४ वर्ष भित्रमा देशलाई लोड्सेडिङ्ग मुक्त देश वनाउन तुफानी गतिमा लागि परिरहेको दावी गर्दै त्यसका लागि विभिन्न दातृ निकायवाट ८४ अरव सहयोग जुटाउन लागि परिरहेको वताए । त्यस मध्ये १४ अर्व उर्जा विकासमा खर्च गरिने र वांकी जलविद्युत परियोजनामा खर्च गरिने योजना रहेको वताए । 
देशको उर्जा संकट निराकण गर्नका लागि आफुले विभिन्न दातृ निकायहरुसंग आग्रह गरे अनुरुप अमेरिका, जापान, दक्षिण अफ्रिका, रुस लगायतका मुलुकहरुले सहयोगको आश्वासन दिएको वताए । उनले जनताको जलविद्युत शिर्षकमा काम थालनी गरेको र त्यसका लागि अर्थ मन्त्रीसंग यस वर्ष ४० अर्व रकम छुट्टयाउन आग्रह गरेको वताए । यदी ३० अर्व भन्दा कम छुट्टाईयो भने आफ्नो मन्त्रालयको जिम्मा समेत अर्थमन्त्रीले लिनुपर्ने आफुले दवाव दिएको मन्त्री विष्टको भनाई थियो । उनले गत १५ वर्षदेखि पश्चिम सेती आयोजना शुरु हुन नसकेको यदी दुई महिनाभित्र शुरु नगरे आयोजनाको अनुमति रद्ध गरिदिने चेतावनी समेत दिए । 
मन्त्री विष्टले भने उक्त परियोजनामा ४ सय ५६ मेगावाट विद्युत उत्पादन हुनेछ, कुल लागत ३५ अर्व २९ करोड् लाग्ने छ, यसवाट पनि देशको उर्जा विकासमा सरकार तुफानी गतिमा लागि परिरहेको छ भन्ने कुरा पुष्टि हुन्छ भन्ने दावी गर्दै मन्त्री विष्टले आफु १० दिन वा १५ दिन मात्रै सरकारमा वसे भने त भन्न सक्दिन तर एक वर्षसम्म सरकारमा वसे हालसम्म हुन नसकेका कामहरु गरेर देखाईदिने वताए । गएराती मात्र आफुले ३८ जिल्लाका विभिन्न खोलाका नाम सहित सर्वेका लागि विभागलाई निर्देशन दिएको वताए । 
उनले यसै वर्ष रसुवागडी परियोजना निर्माणका लागि आर्थिक व्यवस्थापन गर्ने आंधी खोलमा सरकारले हात हाल्ने र वुढी गण्डकीमा ६ सय मेगावाट विद्युत उत्पादनको परियोजना शुरु गर्ने समेत वताए । १ मेगावाटसम्म विद्युत उत्पादन गर्नेलाई ७५ प्रतिशत सरकारले लगानी गरिदिने र त्यो भन्दा ठुलो क्षमताको विद्युत उत्पादन गर्नेलाई सरकारले ५० प्रंतिशत लगानी गर्ने जानकारी गराए । त्यस्तै गृह जिल्ला गुल्मीका प्रत्येक घरहरुमा चार वर्ष भित्रमा विद्युत वत्ती वालेर देखाईदिने र चार वर्ष भित्रमै देशलाई लोडसेडिङ्गमुक्त देश वनाएरै छाड्ने आश्वासन समेत दिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग