Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

च्याउबाट वाषिर्क पाँच लाख आम्दानी

Published on 3:32:00 PM //

सदरमुकाम तम्घासका एक व्यवसायीले च्याउखेतीबाट ५ लाख आम्दानी गर्दै आएका छन् । २ वर्षअघि काठमाडौंको बानेश्वरबाट च्याउ खेतीसम्बन्धी १५ दिने तालिम लिएपछि बाबुराम पाण्डेले तम्घास बसपार्कनजिकै बारीमा टनेल बनाएर च्याउखेतीबाट वाषिर्क ५ लाख रुपैयाँ आम्दानी गर्दै आएका हुन् ।

कन्या जातको च्याउखेती गर्दै आएका पाण्डेले तम्घास बजारमा प्रतिकेजी २ सय ५० रुपैयाँमा बेच्ने गरेको बताए । उनले गत वर्ष १ हजार केजी च्याउ बिक्री गरेको जानकारी दिए । प्रत्येक २ महिनामा आम्दानी लिन सकिने च्याउका लागि १ लाख लगानी गरेको बताउँदै मासिक २० हजार आम्दानी गर्न थालेको दाबी गरे ।

१५ वर्षसम्म भारतको पञ्जाबमा चप्पल उद्योगमा काम गरी पाण्डेले ०४६ देखि तम्घासमा तरकारी पसल सुरु गरेका थिए । च्याउखेती गर्नुअघि विभिन्न व्यवसायमा हात हालेका उनले घाटा भएपछि च्याउलाई आम्दानीको स्रोत बनाएका हुन् । तरकारी बिक्रीबाटै तम्घासमा २ तले घर किनेका पाण्डे च्याउखेतीबाट घरको आर्थिक गर्जो टार्नुका साथै बचत गर्न सक्ने हैसियतमा पुगेको बताउँछन् । उनले आउँदो वर्षबाट च्याउ बीउ उत्पादन तालिम केन्द्र खोल्ने लक्ष्य राखेका छन् ।


हालसम्म नेपालगन्जबाट बीउ ल्याई च्याउखेती गरिरहेका उनले २ महिनाको आम्दानीपछि ५ सय थान च्याउ प्लास्टिकभित्र फलाउन थालेका छन् । एउटा प्याकमा सरदर ५ केजी च्याउ उत्पादन हुने गरेको पाण्डेले बताए । च्याउबाट राम्रो आम्दानी हुने भएकाले विदेश जान १ लाख खर्चिनुभन्दा च्याउमा लगाए मासिक २० हजार कमाउन सकिने दाबी उनको छ ।

बढी आम्दानी हुन थालेपछि अन्य किसान पनि च्याउखेतीमा लाग्न थालेको जिल्ला कृषि विकास कार्यालय गुल्मीले जनाएको छ । व्यावसायिक च्याउखेतीबाट आम्दानी हुन थालेपछि पाण्डेको प्रेरणाबाट धेरै किसान प्रेरित भएको कार्यालयका योजना तथा सूचना अधिकृत मणिरत्न अर्यालले जानकारी दिए ।

उनले भने, 'कन्या जातको च्याउको माग मासुभन्दा बढी भए पनि उत्पादन कम भएकाले किसानलाई कार्यालयले प्रोत्साहन गर्न थालेको छ ।' जिल्ला कृषि कार्यालयले ०६७/०६८ को दोस्रो चौमासिकमा ३ हजार बोतल च्याउको बीउ वितरण गरेको थियो । जिल्लामा उत्पादित करिब ९ मेटि्रक टन च्याउबाट २२ लाख ५० हजार आम्दानी भएको अधिकृत अर्यालले बताए ।

जिल्लाका अधिकांश गाविसमा च्याउखेती बीउ वितरण गरिएको कृषि कार्यालयले जनाएको छ । त्यसमध्ये तम्घास, अर्खले, सिमिचौर, गैंडाकोट, जोहाङ, बलेटक्सार, हर्दिनेटा, शान्तिपुर र अमरपुरसहित १५ गाविसका किसानले व्यावसायिक च्याउबाट राम्रो आम्दानी लिन थालेका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग