Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जडिवुटीको संरक्षणमा सरकारको ध्यान गएन

Published on 11:02:00 PM //


रेडियो रेसुङ्गा 
नेपाल जडिवुटीको धनी राष्ट्र भएर पनि यसको उचित व्यवस्थापन तथा सुरक्षाप्रति राज्यको उचित ध्यान जान नसक्दा राज्यले सोँचे अनुसारको गति लिन नसकेको एक कार्यक्रमका वक्ताहरुले जोड् दिएका छन् । गुल्मी जडिवुटी प्रशोधन तथा प्रवद्र्धन केन्द्र तमघास गुल्मीको आयोजनामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, उपल्लो तमघासको प्राङ्गणमा गरिएको वृक्षारोपाण कार्यक्रमको समापनमा वोल्दै उनीहरुले यस्तो कुरामा जोड् दिएका हुन् ।
केन्द्रका अध्यक्ष खड्गवहादुर केसीले नेपाल जडिवुटीको धनी देश भएर पनि यसप्रति कसैको चासो जान नसक्नु विडम्वना भएको भन्दै यसको व्यवस्थापन, संरक्षण तथा संम्वद्र्धनमा सवैको ध्यान जानु जरुरी रहेको वताउनुभयो । जिल्लाका विभिन्न भागमा रहेका महत्वपुर्ण जडिवुटीहरु संरक्षण र पहिचानको अभावमा लोपोन्मुख अवस्थामा पुगेको वताउँदै अध्यक्ष केसीले जडिवुटीको विषयमा जनचेतना अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । 
उहाँले जडिवुटीको उचित व्यवस्थापन, प्रवद्र्धन तथा उपयोगितालाई व्यवहारमा उतार्न सके राज्यको आर्थिक क्षेत्रमा ठुलो टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो । त्यस्तै जिल्ला विकास समितिका योजना अधिकृत शंकर गौतमले कामको शुरुवात गर्ने तर त्यसको संरक्षणमा पछि कुनै ध्यान नपुर्याउने जस्ता व्यवहारले जुनसुकै कार्य पनि फलदायी हुन नसक्ने वताउँदै यसको दिगो संरक्षणका लागि कार्ययोजना वनाएर अगाडी जान सके थप प्रभावकारी हुने सुझाव दिनुभयो । त्यस्तै केन्द्रका सदस्य सुरेशचन्द्र भुसालले आयुवेर्दिक उपचारका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा विरामीहरु आईरहने हुनाले उनीहरुलाई पनि प्रङ्गणमा लगाईएका जडिवुटीहरुको उपयोगिता, यसको प्रयोग विधी तथा संरक्षण लगायतका विषयमा जानकारी गराउन स्वास्थ्य केन्द्रलाई आग्रह गर्नुभयो । 
स्वास्थ्य केन्द्रको प्राङ्गणमा भैषज्य उद्यानको निर्माण गरी औषधीजन्य विभिन्न जडिवुटीहरु लगाईएको थियो । विशेष गरी हर्रो, वर्रो, अमला, टिमुर, वेल, सर्पगन्धा, रोजमेरी, रक्तचन्दन, चिराईतो, तेजपत्ता, धुपी, रुद्राध्यक्ष, रिठा लगायतका विरुवाहरु रोपिएको केन्द्रका अध्यक्ष खड्गवहादुर केसीले वताउनुभयो । वृक्षारोपण कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख कमलप्रसाद आचार्य, निमित्त जिल्ला वन अधिकृत कर्ण पाण्डे लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । कार्यक्रम गुल्मी जडिवुटी प्रशोधन तथा प्रवद्र्धन केन्द्र गुल्मीका सचिव गणेश श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग