Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विश्वको सबैभन्दा गन्हाउने मान्छे !

Published on 9:51:00 PM //

गर्मी मौसममा दिनमा कतिपटक नुहाउनु हुन्छ ? एकपटक, दुईपटक । तर, उत्तरभारतका कैलाश सिंह ३७ वर्षसम्म ननुहाएर विश्वको सबैभन्दा गन्हाउने मानिस बनेको दाबी गर्छन् । ३७ वर्षसम्म ननुहाएपछि गन्हाउने तै भैहाल्यो तर, कैलाश सिंह भने आफू विश्वको सबैभन्दा गन्हाउने मानिस भएको दाबी गर्छन् ।

६५ वर्षे सिंहले १९४७ देखि आफ्नो कपालसमेत काटेका छैनन् । बिहे गरेको केही समयपछि नै उनले नुहाउन छोडेका हुन् । एक पण्डितले ननुहाई, कपाल नकाटी बसेमा छोरा पाइन्छ भनेपछि यस्तो जीवनशैली अपनाएको सिंह बताउँछन् । तर, पण्डितले भनेको पुगेन । कैलाशले ननुहाई बस्दा पनि छोरा पाएनन् । उनका सात छोरी छन् ।

वनारसको उधुम गर्मीमा सिंहको दैनिकी गाई चराउँदै बित्छ । वनारसमा अहिले तापक्रम ४७ सेन्टिग्रेड पुगेको छ । तर, जति नै प्रचण्ड गर्मी भए पनि उनी नुहाउँदैनन्, बरु बेलुका आगो छेउमा बसेर 'अग्निस्नान'पो गर्छन् । 'अग्निस्नान' बसेको वेला आगोछेउमा बसेर गाँजा तान्छन्, भगवान् शिवको प्रार्थना गर्छन् र आगोको वरिपरि नाच्छन् ।

कैलाश सिंहको यस्तो जीवनशैलीदेखि आजित भएर परिवारले उनलाई एकपटक जबर्जस्ती खोलामा समेत पुर्‍याएको थियो । तर, उनी त्यहाँबाट भागे । छिमेकीले पनि उनको खिल्ली उडाउँछन् । 'हामीले उहाँलाई कैयौँपटक नुहाउन प्रयास गर्‍यौँ । तर, सधैं उहाँ टार्नुहुन्छ,' एक छिमेकी बताउँछन् ।

नुहाउनुभन्दा बरु मर्न तयार रहेको कैलाशले बताउने गरेको ६० वषर्ीया श्रीमती कलावतीदेवी बताउँछिन् । ननुहाएसम्म सँगै नसुत्ने धम्की पनि दिएकी थिइन् कलावतीले श्रीमान्लाई । तर, श्रीमान्ले टेरपुछर लगाएनन् । 'अब के गर्नु, जस्तो भए पनि आफ्नै श्रीमान् हुन्, मलाई बानी परिसक्यो,' कलावती भन्छिन् । जसले जिस्क्याए पनि जे गरे पनि आफूले ननुहाउने हठ गर्छन् । ननुहाउने आफ्नो नभएर भगवान्को चाहना भएको कैलाश बताउँछन् ।

यता, कैलाशकी कान्छी छोरी पूजा भने बाबुले ननुहाएर आफू स्कुलमा पपलुर भएको बताउँछिन् । 'स्कुलका साथीहरू मेरो बुबालाई भेट्न, हेर्न उत्सुक छन् । ननुहाइकन कसरी यत्रो वर्ष बाँच्न सकिन्छ भनेर सोध्छन्,' उनी भन्छिन् ।

पहिले-पहिले बाबु फोहोरी भएकोमा रिस उठे पनि अहिले भने अचम्म लाग्ने उनी बताउँछिन् । 'गर्मीमा म दिनको कम्तीमा पनि दुईपटक नुहाउँछु । बुबा कसरी ननुहाई बाँच्न सक्नुहुन्छ । मलाई अचम्म लाग्छ,' उनी भन्छिन् ।

कैलाशले नहुहाए पनि हात र मुख भने धुन्छन् । 'मेरा छोरा छैनन् । त्यसैले अब म कहिल्यै नुहाउँदिनँ । अर्काे जन्ममा नुहाउँछु कि,' उनी भन्छन् ।

1 comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग