Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सत्यवती क्षेत्रको संभाव्यता अध्ययन पुरा

Published on 12:18:00 PM //


विष्णु पौडेल
लुम्विनी अञ्चलकै सवै भन्दा अग्लो लेक गुल्मीको थाप्ले लगायत सत्यवती क्षेत्रको एकीकृत संरक्षण र विकासको सम्भाव्यता अध्ययन पुरा भएको छ । सत्यवती क्षेत्रलाई राष्ट्रिय संरक्षण क्षेत्र घोषणा गराउने उद्धेष्यका साथ भरतवहादुर चन्दको संयोजकत्वमा जिल्ला वनस्पति कार्यालय कैलालीका सञ्जिवकुमार राई र जिल्ला वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत कर्णवहादुर पाण्डे लगायतको टोलीले थाप्ले, सत्यवती, दिव्रुङ्ग, सालिमे दह क्षेत्रको संभाव्यता अध्ययन पुरा गरेको हो । टोलीले आज सदरमुकाम तमघासमा एक कार्यक्रमका विच अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । 
टोलीले त्यस क्षेत्रलाई राष्ट्रिय संरक्षण क्षेत्र घोषणाका लागि आवश्यक प्रकृया सहित आफ्नो प्रतिवेदन संवन्धित माथिल्लो निकायमा पु¥याउने जनाएको छ । वन ऐन २०४९ को परिक्षेद ४ दफा २३ वमोजिम राष्ट्रिय संरक्षण क्षेत्र घोषणा गर्दा समुदायकै संरक्षण र हितमा हुने भएकोले त्यसका लागि सवै राजनीतिक दलको संयुक्त प्रयासको आवश्यकता रहेको टोली संयोजक चन्दले वताउनुभयो । सो ऐन अन्तर्गत २ हजार ५ सय ७० मिटर उचाईमा रहेको गुल्मी कै अर्को दोस्रो ठुलो लेक मदाने नेपालमै पहिलो पटक राष्ट्रिय संरक्षण क्षेत्र घोषणा भैरहेको अवस्थामा त्यो भन्दा ठुलो र ऐतिहाँसिक महत्व वोकेको २ हजार ६ सय ९० मिटर उचाईमा रहेको लुम्विनी अञ्चलकै सवै भन्दा अग्लो लेक थाप्ले लगायतको सत्यवती क्षेत्रलाई पनि राष्ट्रिय संरक्षण क्षेत्र घोषणा गर्न अति आवश्यक रहेको सहभागीहरुको जोड् रहेको थियो । 
सत्यवती सालिमेदह क्षेत्र उत्तर पुर्व वाग्लुङ्गको सिमाना र पश्चिम दक्षिण गुल्मीको अर्लाङ्गकोट, वामी, कुर्घा, दिव्रुङ्ग, ठुलोलुम्पेक, आँपचौर सहित गुल्मी क्षेत्र नम्वर १ का २६ वटा गाविसको शिरमा पर्दछ । पौराणिक कालमा प्रसिद्ध तपोभूमिका रुपमा परिचित सालिमे दह क्षेत्र भित्र अझै पनि तपोभूमिका विभिन्न अवशेषहरु देख्न पाईन्छ । अध्ययन टोलीले सत्यवती थाप्लेका प्रमुख वन क्षेत्रहरुमा रुपाकोटको चिर्काको लेक, भार्सेको गिद्ध डाँडो, जमादी डाँडो, हरेवा, ग्वाघा र भार्सेको देउराली डाँडा लगायतका वनहरुलाई प्रमुख वन क्षेत्रका रुपमा प्रतिवेदनमा उल्लेख गरेको छ । त्यस्तै दिव्रुङ्ग सालिमे दहको पालिस्थानको धुरी, दिव्रुङ्गको थलथलेको धुरी, तारा खसे लगायतको क्षेत्रलाई प्रमुख वन क्षेत्रको रुपमा लिएको छ । सो क्षेत्रलाई राष्ट्रिय संरक्षण घोषणा गर्दा चोरी चरण, वन क्षेत्रको विनास र चोरी शिकार रोकिने, वन क्षेत्रको उचित व्यवस्थापन हुनुका साथै भुक्षय, वन्य जन्तु, वनस्पति र जडिवुटीको संरक्षण हुनुका साथै जलधारको समुचित संरक्षण र खोलानालाहरुवाट माईक्रो हाईड्रो विकास गर्न सकिने टोलीको निष्कर्ष छ । त्यसवाट पर्यटन विकास र समग्र क्षेत्रको आर्थिक, सामाजिक, क्षेत्रको विकास समेत हुने प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जगदिशचन्द्र नेपाली, जिल्ला विकास समितिका योजना अधिकृत शंकर गौतम, जिल्ला खानेपानी डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमल्सिना, जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. हरिवहादुर थापा, जिल्ला कृषि विकास कार्यालयका वागवानी अधिकृत हरिवहादुर थापा, एकीकृत नेकपा माओवादीका युवराज के.सी., नेपाली काँग्रेसका हरि के.सी, नेकपा एमालेका जिल्ला अध्यक्ष वोमवहादुर खड्का, राष्ट्रिय जनमोर्चाका अध्यक्ष जिवन राना, नेकपा एकीकृतका भिमप्रकाश थापा, नेपाल पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम लगायतको सहभागीता रहेको थियो । संयोजक भरतवहादुर चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन निमित्त जिल्ला वन अधिकृत कर्णवहादुर पाण्डेको रहेको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग