Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एसपीका छोराले गाडी सिक्दा जवानको ज्यान गयो

Published on 12:08:00 PM //


रूपन्देही एसपी शेरबहादुर बस्नेतका छोरा अंकितले गाडी सिक्ने क्रममा भएको दुर्घटनामा एक प्रहरी जवानको ज्यान गएको छ।
हाकिमको आदेशअनुसार छोरालाई चोरीको गाडी सिकाउन खटिएका ३५ वर्षीय प्रहरी जवानको दुर्घटनामा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयले शनिबार अपरान्ह भएको दुर्घटनामा योगेन्द्र के सीको ज्यान गएको पुष्टि गरेको छ। गाडी हाँक्ने उमेर नभएका १७ वर्षीय छोरालाई गाडी सिकाउने क्रममा सिपाहीको ज्यान गएको हो। हल्का सवारीको लाइसेन्स लिने न्यूनतम १८ वर्ष उमेर पुगे को हुनुपर्छ।

भैरहवाबाट गाडी चलाउन सिकाउँदै बुटवल हुँदै पूर्व खैरेनीतिर लागेको गाडी सात किलोमिटर टाढा रूपन्दे हीको भलुही जंगलमा दुर्घटनामा परेको हो। दुर्घटनामा एसपीका छोरा अंकित,प्रहरी जवान भीमबहादुर चन्द तथा अन्य दुई महिला रूपा सारु र माया बराल घाइते छन्। उनीहरूको लुम्बिनी अञ्चल अस् पताल र एडमन्ड सिटी अस्पतालमा उपचार भइरहे को छ।
प्रहरी स्रोतका अनुसार मृत्यु भएका के सी पाल्पा सत्यवती गाविसका हुन्। घाइते चन्द कञ्चनपुरको कृष्णपुर गाविसका हुन्। प्रहरीले दुई महिला घाइतेको थप चिनारी उपलब्ध गराएको छैन।

प्रहरी स्रोतअनुसार काठमाडौँमा प्लस टुमा अध्ययनरत छोरा केही दिनअघि बाबु भेट्न रूपन्देही आएका थिए। ‘बिदामा आएका बेला एसपी साब्ले छोरालाई गाडी सिकाउन केही प्रहरी खटाउनुभएको थियो ,' रूपन्देही प्रहरी कार्यालयका एक अधिकारीले नागरिकलाई भने । अंकितकै करबलले प्रहरी जवान शनिबार अपरान्ह तीन बजे तिर गाडी लिएर बुटवलतिर लागेका थिए। घाइते प्रहरीका अनुसार गाडी अंकितले हाँकेका थिए। तीब्र गतिमा रहेको गाडी सडकको दायाँ किनारको सालको रुखमा ठोक्किएर क्षतविक्षत भएको छ।
दुर्घटना भएको सेतो रंगको बोलेरो मा बा ५ च ४५५७ नम्बर अंकित भए पनि उक्त गाडी भन्सार छली ने पाल भित्रिएको चो रीको हो। एक वर्षअघि बरामद भएको गाडी जिल्ला प्रहरी कार्यालय रूपन्देहीले नम्बर फेदैर् प्रयोग गदैर् आएको थियो। यस्ता चोरीको गाडी तुरुन्तै भन्सारमा बुझाउनुपर्ने भए पनि प्रहरीका हाकिमले दुरूपयोग गर्दै आफै प्रयोग गर्ने गरेका छन्।
घटनाबारे बुझ्न एसपी बस्नेतलाई पटकपटक फोन गर्दा पनि सम्पर्क हुन सकेन। लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी प्रकाश अर्यालले आफू बिदा लिएर काठमाडौँमा रहेकाले विस्तृत जानकारी नभएको बताएका छन्।
एक वर्षअघि रूपन्देही आएका एसपी बस्ने तको केही दिनअघि सरुवा भइसके को छ। उनी आइतवार लागुऔषध कानुन कार्यान्वयन इकाइ काठमाडौँमा जाने गरी रमाना बुझ्दै थिए।
नागरिक न्यूजबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग