Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अर्घाखाँचीमा चौबिसै घण्टा विजुली

Published on 11:31:00 AM //

वीरेन्द्र केसी
प्युठानको झिमरुक जलविद्युत परियोजनाबाट उत्पादन हुने विद्युत सदरमुकाममा जडान भएपछि बुधबार देखि जिल्ला लोडसेडिङ मुक्त भएको छ ।
सन्धिखर्कसँगै विद्युत पुगेको ३५ गाविसमा अब चौबिसै घण्टा विजुली भएपछि जिल्लावासीमा खुसियाली छाएको छ । कहिल्यै लोडसेडिङ नहुने झमरुक परियोजनाले अर्घाखाँचीमा विजुली जडान गरिदिएपछि बुधबार देखी लोडसेडिङ मुक्त जिल्ला घोषणा गरिएको छ ।
यस अघिसम्म जिल्लामा  बुटवल पावर हाउसबाट सञ्चालित विद्यूतमा हप्तामा दुई दिन लोडसेडिङ भएपनि पाल्पा, गुल्मी र जिल्लाका विभिन्न स्थानमा बिग्रदा दिनहुँ जसो विद्युत अवरोध हुँदै आएको थियो । बुधबार देखि जिल्लामा झिमरुकको विद्युत जडान भएको छ, विद्युत प्राधिकरण अर्घाखाँची शाखा प्रमुख नवल किशोर गोईतले भने, 'अब चौबिसै घण्टा विजुलीको सुविधा भएको छ ।' उक्त परियोजनाबाट उत्पादित १२ मेगाबाट मध्ये अर्घाखाँचीमा थ्रीएमभीए विजुली दिएको गोईतले भने, अर्घाखाँचीका ४२ वटै गाविसमा विद्युत विस्तार गर्न चाहिए जति विजुली दिने आश्वासन पनि दिएको छ ।
सदरमुकाम सहित गाउँमा गरी हाल १७ हजार १ सय ६५ ग्राहकको घरमा चौबिसै घण्टा विजुली भएपछि खुसियाली छाएको उनले बताए । अब पहिलेको जस्तो हिनहँु विद्यत अबरुद्ध हुदैन, लाईन काटनु पर्ने भए ग्राहकलाई पुर्व सूचना दिईने उनले बताए । २०४८ सालमा जिल्लामा झिमरुककै विद्युत जडान भएपनि द्धन्द्धको बेला माओवादीले झिरुकको मुख्य पावर हाउस र सन्धिखर्कको टान्सर्फमरमा आक्रमण गरि  जलाएर ध्वस पारेपछि जिल्लाका सबै गाविससँगै गुल्मीसम्म विस्तार गर्ने योजना अलपत्र परेको थियो । सन्धिखर्कमा पुनः विद्युत जडान गरिदिन भनि झिमरुक परियोजनालाई आग्रह गरेको चार वर्ष पछि विद्युत जडान भएको छ ।
करिब २ करोडको लगानी मध्ये जिल्ला विकास समिति अर्घाखाँचीको ३० लाख रुपैयाँ जडानको लागि खर्च लागेको थियो । दैनिक विद्युत अवरोधले उद्योग व्यावसाय खोलेका उद्योगपतिहरु पनि झिमरुक परियोजनाको विजुली जडान भएको खबरले खुसी हुदै बन्द भएका साना उद्योगहरु पुनःसञ्चालन गर्ने तयारीमा छन ।
ईकान्तिपुरबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग