Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आमा बन्दै अरुणिमा

Published on 11:26:00 AM //


नायिका अरूणिमा लम्साल आजभोलि कता हराइन्? उनका बारे अघिल्लो हप्ता थुप्रै समाचार आए। केहीले लेखे , ' श्रीमानले कि फिल्म छाड् कि मलाई' भने पछि घरायसी कलह भएर टेन्सन मेन्टेन गर्दै छिन्।' अनि, केहीले लेखे, ' फिल्म नै पाउन छाडिन्।' तर यी दुवै सही थिएनन्। उनी विगत तीन महिनादेखि औपचारिक कार्यक्रममा उपस्थित नभएको र फिल्म साइन नगरेको कुरा भने सही हो।
फिल्म क्षेत्रसँग सम्बन्धित प्रत्येक कार्यक्रममा निम्ता पायो भने नछुटाउने उनको बानी थियो। त्यसो भए कहाँ के गर्दै छिन् त उनी? उनीसँग निकट फिल्मकर्मीसँग गफ गर्दा उनीहरूको भनाइ हुन्थ्यो , ' केही समय घरपरिवारलाई टाइम दिन्छु र रेस्ट गर्छु भने र उनी घरबाट ननिस्किएकी हुन्।'

उनीसँग फोनमा कुराकानी गरियो। पहिले सञ्चो बिसञ्चो सोधियो , ' दुवै जनालाई सञ्चै छ?' प्रश्नको आशय उनी र उनको श्रीमानलाई कस्तो छ भन्ने थियो। तर, उनले आश्चर्य प्रकट गर्दै सोधिन्, ' थाहा पाइसक्नुभयो? केही दिनअघि मात्र जँचाएकी थिएँ। दुवै लाई ठीक छ भने र डाक्टरले भन्नुभएको छ।'
उनी अलप हुनाको कारण पत्ता लाग्यो। आमा बन्न लागेकीमा अरूणिमालाई बधाई !

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग