Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शिक्षकलाई निष्काशन गरिएको भन्दै बिद्यालय बन्द

Published on 10:14:00 PM //

मनोज बस्नेत
अखिल नेपाल शिक्षक संगठन वामि र नेपाल शिक्षक संघ वामि गुल्मीले सयुक्त रुपमा आवहन गरेको २ दिने वामि गाविसका सम्पुर्ण शैक्षिक संस्थाहरु बन्दको आज दोस्रो दिन आज पनि वामि गाविसका सम्पुर्ण शैक्षिक सस्ंथाहरु बन्द रहेका थिए ।
 गाविसको वामि मैदानमा रहेको शारदा विद्यामन्दिरमा विगत १२ वर्ष देखि पढाउंदै आएका शिक्षकद्धय लिलाधर सापकोटा र रञ्जना प्रधानलाई विद्यालयबाट निष्काशन गरिएको विरोधमा उनिहरुले बन्दको आवहन गरेका हुन । गत वैशाख २ गते विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार शिक्षकहरुलाई निष्कासन गरिएको थियो ।
 उक्त निर्णयपछि विद्यालय व्यवस्थापन समिति, शिक्षक अविभावक संघ तथा जिल्ला शिक्षा कार्यलय सम्म पटक पटक डेलिकेशन जादां समेत सुनुवाई नभएपछि बाध्य भएर बन्दको आवह्न गरिएको संधर्ष समितिका प्रर्वक्ता राम कृष्ण कंडेलले बताउनुभएको छ । शिक्षकहरुलाई निस्कासन गर्ने विद्यालय व्यवस्थापन समितिको प्रतिशोध निर्णय विरुद्ध शिक्षकहरु प्ुार्नवहालि नभएसम्म चरणबद्ध कार्यक्रमहरुको आयोजन गर्ने प्रवक्ता कडेलले बताउनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग