Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका माओवादी शान्ति र संविधान निर्माणमा जुट्ने(रे)

Published on 3:53:00 AM //


पि.एम.मगर
एकीकृत नेकपा माओवादी गुल्मीको विशेष इलाका कमिटिको विस्तारीत वैठकले शान्ति, संविधान निर्माण र राष्ट्रिय स्वाधिनताको पक्षमा एक ढिक्का भएर अगाडी वढ्नुपर्ने निष्कर्ष निकालेको छ ।
सदरमुकाम तमघासमा आज वसेको वैठकले यस्तो निष्कर्ष निकालेको हो । केन्द्रमा सो पार्टीका तीन नेताहरु विच देखिएको अन्तर संघर्ष केवल वैचारिक वहस मात्रै भएको र त्यसले क्रान्तिको पक्षमा ठोस निष्कर्ष निकाल्ने भएकोले कार्यकर्ताहरुमा कुनै किसिमको भ्रम र विचलन आउन नहुनेमा जोड् दिँदै हालै केन्द्रीय कमिटिको वहुमतले निर्णय गरेको शान्ति र संविधान निर्माण पक्षमा नै तलदेखि माथिसम्म एक भएर अगाडी वढ्नेपर्नेमा जोड् दिईएको थियो । 
वैठकका प्रमुख अतिथि एकीकृत नेकपा माओवादी गुल्मीका सह इन्चार्ज जितजङ्ग, सेक्रेटरी अरुण देवकोटा, इलाका कमिटि इन्चार्ज वुद्धि जिसी लगायतले यस संवन्धमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको वताइएको छ । वैठकमा राज्य कमिटि र जिल्ला कमिटिले गरेका वैठकका निर्णयहरुको वारेमा पनि समिक्षात्मक छलफल भएको थियो । हालै सम्पन्न मगरात राज्य समितिको विस्तारित वैठकका निर्णय अनुसार नेकपा एकीकृत र माओावादीविच पार्टी एकता गरिएकोले सो पार्टीका जिल्ला सदस्यहरु लोकवहादुर केसी र कालीप्रसाद रिजाललाई गुल्मी जिल्ला पार्टीको सचिवालयमा आवद्ध गरेको छ भने मगरात सचिवालय सदस्य उमा विश्वकर्मालाई गुल्मी जिल्ला पार्टी कार्यालय सचिवमा जिम्मेवारी तोकिएको छ । 
त्यस्तै वहुविवाह गर्ने एक जिल्ला सदस्यलाई पार्टी सदस्यवाट निष्काशन गर्न राज्य समितिलाई सिफारिस गर्नुका साथै साँस्कृतिक मुद्धा खेपिरहेका अर्का एक जिल्ला सदस्यलाई अनुसन्धानका लागि केही समय निलम्वन गर्ने जनाइएको छ । त्यस्तै सो पार्टीले असार मसान्त भित्र सस्यता परिचय पत्र लिन कार्यकर्ताहरुलाई आग्रह समेत गरेको छ । सम्पन्न वैठकले संपुर्ण जनवर्गिय संगठनको तत्काल वैठक र भेलाहरु राख्न समेत नेतृत्व पंक्तिलाई निर्देशन दिएको छ । विशेष इलाका कमिटि इन्चार्ज वुद्धि जिसीको अध्यक्षतामा सम्पन्न वैठकको सञ्चालन सेक्रेटरी महेन्द्र विसीले
गर्नुभएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग