Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

निर्माण नसकिँदै भवन भत्कियो

Published on 11:14:00 AM //


सिता भण्डारी
गुल्मी छापहिलेको एक विद्यालय भवन निर्माण कार्य नसकिँदै भत्कीयको छ । अविरल वर्षासँगै माथिवाट आएको पहिरोले छापहिले गाविस ३ रगगाउँ स्थित मालिका प्राथमिक विद्यालयको निर्माणाधिन भवन आईताबार दिउँसो भत्किएको हो । विद्यार्थीहरुलाई हत्तपत्त विद्यालयको कार्यालय कोठातर्फ सारिएकोले कुनै मानविय क्षति हुनवाट जोगिएको प्रधानाध्यापक सिता अर्यालले वताउनुभयो । ६ लाख ५० हजार रुपैयाँ जिल्ला शिक्षा कार्यालय र २५ प्रतिशत जनश्रमदान सहित करिव ९ लाख रुपैयाँ लागतमा निर्माणाधिन दुई कोठे भवन माथिवाट आएको पहिरोले च्याँपेर भत्काईदिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देविराम अर्यालले वताउनु भयो । 
त्यसो त अन्य स्थानका विद्यालय भवन निर्माणमा गुणस्तरहीन् सामग्री तथा उपयुक्त घडेरीको चयन नहुने गरेको गुनासो सुनिदै आएको छ तर अध्यक्ष अर्यालले भने भवन निर्माणमा भएको कमजोरीका कारण नभत्किएको दावी गर्नुभयो । गत तीन महिना अघि तमघास गाविस ९ को नेटा स्थित सरस्वती प्राथमिक विद्यालय पनि त्यसरी नै निर्माण कार्य सम्पन्न भएको केही दिन नवित्दै हावा हुरीले विद्यालयको छाना उडाईदिएको थियो 
उडाएको छानाको अहिलेसम्म पनि पुनर्निमाण हुन सकेको छैन ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग