Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गण्डकी कोरीडोरको उद्घाटन

Published on 11:13:00 AM //


जनार्दन घिमिरे 
वहुप्रतिक्षित गण्डकी कोरीडोरको आईतवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । कोरीडोर अन्तर्गत रुद्रवेणी, हर्मिचौर, पुर्तिघाट जोड्ने करिव ९ किलोमिटर मोटरवाटोको गुल्मी क्षेत्र नं.१ का सभाषद सुदर्शन वरालले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा वोल्दै सभाषद वरालले गण्डकी कोरीडोर सम्पन्न हुँदा तराईका विभिन्न जिल्लाहरुदेखि स्याङ्जा, मुस्ताङसम्मका जनताले यातायातको सुविधा प्राप्त गर्ने भएकाले यसप्रति सरकार र आफ्नो पार्टी एकीकृत नेकपा माओवादी लागि परिरहेको वताउनु भयो । 
सभाषद वरालले गुल्मीको सवैभन्दा पिछडिएको क्षेत्र नं १ को समग्र विकासका लागि आफुले सक्दो प्रयास गरिरहेको भन्दै स्थानीयवासीलाई आस्वस्त पार्नु भएको थियो । केही दिन अघि गुल्मी आएका निर्माण तथा यातायात मन्त्री टोपवहादुर रायमाझीले पनि यसै वर्ष भित्रमा गण्डकी कोरीडोर सम्पन्न गर्ने आश्वाशन दिनु भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग