Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका भण्डारी सगरमाथा टेक्ने लुम्बिनीकै पहिलो कर्मचारी

Published on 5:35:00 PM //


लुम्बिनी अञ्चलबाट निजामती कर्मचारीको समूहमा सहभागी भएर गुल्मीका तुल्सीराम भण्डारीले विश्वको सर्वोच्च शिखरमा पाइला टेकेका छन्। नायब सुब्बा भण्डारीसहितका ९ जना कर्मचारीको समूह भने गत जेठ ४ गते बिहान ५:४५ मा साधारण रुटको मोहडाबाट सगरमाथामा पाइला टेकेका हुन् । 
सगरमाथाको शिखर चुमेपछी भण्डारी सहकर्मिहरुको साथमा ।
फोटो: तुल्सिराम भण्डारी 
लुम्बिनीको गुल्मी अर्जै ४ गैराबारीमा २०३१ फागुन २ मा जन्मेर एमपीए शिक्षा पूरा गरी २०५९ असोजमा नायब सुब्बा तहमा प्रवेश गरेका भण्डारी पर्यटन मन्त्रालयमा रहँदा सर्म्पर्क अधिकृतका रूपमा आधार शिविरसम्म पुग्दा सगरमाथा चढ्ने मनसाय बोकेका थिए । गुल्मी निवासी भण्डारी गुल्मेलीबाट भने सगरमाथा चढ्ने दोस्रो व्यक्ति हुन्। यसअघि हँसरा ८ गुल्मीका तिलविक्रम बुढाथोकीले भारतीय गोर्खा सैनिकको तर्फबाट २०५८ जेठ १० मा बिहान ८:५० मा दक्षिणी पुर्वी मोहडाबाट सगरमाथा चढेका थिए।
सगरमाथामा पुग्ने अन्य निजामती अधिकारीमा हरी प्रसाद गुरागाईं, सुरथ पोख्रेल, हरि ढकाल, ज्ञानेन्द्रकुमार श्रेष्ठ, पदमबहादुर भण्डारी, सुविर श्रेष्ठ, सन्तकुमार महर्जन र खिमलाल गौतम रहेका छन् । निजामती सगरमाथा आरोहण समूहलाई पर्यटन मन्त्रालयले गत वर्ष र्सार्वजनिक सूचना प्रकाशित गरेर उक्त अवसरमा शुल्कबापतको ७० हजार डलर तथा करिब ५० लाख रुपियाँ रोयल्टीबापतको शुल्क छुट दिएको थियो। 
स्वदेशी तथा विदेशी नागरिकलाई सगरमाथा आरोहणमा प्रतिव्यक्ति २५ हजार डलर, १५ जनासम्मको समूहलाई ७० हजार डलर र सो भन्दामाथि प्रतिव्यक्ति १० हजार डलरले थप रकम रोयल्टीबापत लाग्ने गर्छ। उक्त समूहले आरोहणका लागि छनोट भएपछि रसुवाको ५ हजार ५ सय फिट अग्लो यालाफिटमा तालिम गरेको थियो। राजधानीबाट चैत्र २४ मा सगरमाथा चढ्ने उद्देश्यले आधार शिविरतर्फलागेको सफलतासँगै ४९ दिनमा काठमाडौं र्फकेको हो। 

सगरमाथामा आरोहणका क्रममा सुविधा, भरियाको मनपरि र सरसफाइमा सरकार एवम् सरोकार निकायले ठोस ध्यान दिनु आवश्यक छ’ -नासु भण्डारीले भन्नुभयो। उनलाई लुम्बिनी अञ्चलका राजनैतिक तथा सामाजिक संस्थाहरूले निरन्तर सम्मान गर्ने क्रम चलेको छ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग