Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पुरानो बजेट नयाँ सरकार हुँदा अप्ठ्यारो: मन्त्री रायमाझी

Published on 12:01:00 PM //

शोभा आचार्य गुल्मी,
भौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीले पुरानो बजेट नयाँ सरकार भएकाले अहिलेकै अवस्थामा काम गर्न निकै अप्ठ्यारो परेको गुनासो गर्नु भएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रायमाझी । फोटो: जनार्दन घिमिरे
मन्त्री रायमाझीले नयाँ सरकार गठन भए लगत्तै नयाँ बजेटका लागि भएका सबै प्रयास विफल भएकाले बिकास निर्माणका काममा समेत अप्ठ्यारो भएको बताउनु भएको छ । उहाले माओवादीले बिरोध गरेको र ब्रिफकेस समेत खोसेको बजेटबाट कुनै नयाँ योजना र राम्रो काम गर्न नसकिने जानकारी दिनुभयो । अबको नयाँ बजेटमा धेरै नयाँ, सकारात्मक र राम्रा योजना समावेश भएको उहाँको दावी छ । नयाँ सरकार गठन भए लगत्तै सरकारले नयाँ बजेट ल्याउन रातदिन तयारी गर्दा अर्थ मन्त्रालयका सचिव रामेश्वर खनाल काण्डले समस्या पारेको, रकमान्तर गर्न खोज्दा अर्थ मन्त्री नै अहिले अख्तियार र सर्बोच्च धाउनु पर्ने बाध्यतामा परेकाले बिकास निर्माण र नयाँ योजनाका लागि निकै समस्या परेको बताउनु भयो ।
गुल्मीको जैसिथोक गाविसमा निर्माण भएको पाञ्चायन उच्च माविको भवन उद्घाटनका लागि हिजो गुल्मी आउनु भएका मन्त्री रायमाझीले आज विहान क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पाँच बुँदे सहमति महत्वपूर्ण उपलब्धी भएको बताउनु भयो । जनताले अन्तिम पटक मौका दिएको र अव राजनीतिक दलहरुलाई अब यस्तो अवसर नआउने भन्दै पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले अबको तिन महिना भित्रमै सेना समायोजन, शान्ति प्रकृया र संविधानको खाका तयार पार्ने महत्वपूर्ण कार्यमा दलहरु लाग्नु पर्नेमा जोड दिनुभयो । 
प्रधानमन्त्री को बन्ने भन्दा पनि राष्ट्रिय सहमति, शान्ति र संविधान नै प्रमुख भएको उहाँले स्पष्ट पार्नु भयो । मन्त्री रायमाझीले पाँच बुँदेको मर्म भित्रैबाट सरकार, सेना समायोजन, शान्ति प्रकृया र संविधान निर्माणको काममा प्याकेजमै सहमति गरेर दलहरु अगाडी बढ्ने बताउनु भयो । दलहरुको खुल्ला छलफलबाट नै प्रधानमन्त्री चयन हुने समेत मन्त्री रायमाझीले स्पष्ट पार्नु भएको छ । 
मन्त्री रायमाझीले उद्योग व्यवसायीहरु, कर्मचारी, राजनीतिक दल, निर्माण व्यवसायी लगायतसंग भेटघाट गर्दै सरकार शान्ति प्रकृया टुङ्गोमा पुर्याउन र संविधान जारी गर्न लागिपरेको बताउनु भएको थियो ।  

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग