Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भण्डारीको मृत्यु सम्वन्धमा छानविन समिति गठन

Published on 8:55:00 PM //


जनार्दन घिमिरे 
गत फागुन १४ गते काठमाण्डौ सुन्धारा स्थित स्वस्तिक होटलमा रहस्यमय अवस्थामा मृत्यु भएका नेपाली काँग्रेस गुल्मीका महाधिवेशन प्रतिनिधि तथा युवा नेता फणिन्द्रराज भण्डारीको मृत्यु भएको सम्वन्धमा छानविन गर्न नेपाल सरकारले छानविन समिति गठन गरेको छ । 
भण्डारीको मृत्यु भएको सम्वन्धमा एक महिना भित्रमा घटनाको यथार्थ छानविनगरि सत्य तथ्य पत्ता लगाउनका लागि महान्यायाधिवक्ताको कार्यालय रामशाहपथका सह-न्यायाधिवक्ता महेश थापाको संयोजकत्वमा आईतवार तीन सदश्यीय छानविन समिति गठन गरेको हो । समितिको अन्य सदस्यहरुमा प्रहरी प्रधान कार्यालय, नक्सालका प्रहरी वरिष्ठ उपरिक्षक बमवहादुर भण्डारी र राष्ट्रिय अनुसन्धान विभाग, सिंहदरवारका सह-अनुसन्धान निर्देशक रमेशकुमार भण्डारी रहनु भएको छ । 
नेपाल सरकारका माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री स्तरको यही जेठ १९ गतेको निर्णयानुसार उक्त छानविन समितिको गठन गरिएको हो । यस सम्वन्धमा स्वर्गीय फणीन्द्रराज भण्डारीकि धर्मपत्नी धना भण्डारीले सरकारले ठिलो भएपनि छानविन समिति गठन गरेको प्रति स्वागतयोग्य रहेको भन्दै समितिले यर्थारुपमा छानविनगरि घटनाको यथार्थ सत्यतथ्य कुरा जनतामाझ ल्याउनेमा आफु आशावादी रहेको वताउनु भयो ।
भण्डारीको रहस्यमय मृत्युको यथार्थ छानविन गर्न नेपाली काँगेस केन्द्रिय समितिले समेत छानविन समिति गठन गर्न सरकारसँग माग गरेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग