Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नक्कली नागरिकता लिन खोज्ने अख्तियारमा

Published on 12:08:00 PM //


सन्जु थापा
२ वर्ष अघि जिल्ला प्रसाशन कार्यलय गुल्मीबाट आफ्नो छोरी ज्वाईलाई छोरो बनाएर नागरिता दिलाउन खोज्ने काण्ड यतिवेला अख्तियार सम्म पुगेको छ । अर्जै गाविस वडा नं. २ निवासी लोकेन्द्र पराजुलीलाई आफ्नो छोरा कमल घिमिरेको नामबाट नागरिता दिलाउन खोज्ने नेटा गाविस वडा नं. ४ निवासी रामराजा घिमिरेलाई प्रसाशनले २०६६ साल चैत्र १२ गतेका दिन तत्काल उक्त नागरिकता जफत गरी तारेखमा राखेको थियो ।  दस्तखत भई नागरिकता दिलाउने क्रममा सम्बन्धितको हात काँपेपछि आशंका गरि प्रसाशनले उक्त नागरिकता दिन रोकेको थियो । छानविन गर्ने क्रममा त्यसै जिल्ला प्रसाशनबाट ५÷६ वर्ष अघि नै लोकेन्द्रले आफ्नो वास्तविक नाम ठेगानाबाट नागरिकता र राहदानी समेत निकालेको खुलासा भएपछि उनीहरुमाथि प्रसाशनले मुद्दा चलाएको थियो । 
अहिले उक्त मुद्दाको फाइल एक्कासी अख्तीयारले मागेपछि त्यसतर्पm पठाईएको प्रसाशनले जनाएको छ । उहाँले सरस्वती मावि नेटाका प्रधानाध्यापक भिमलाल घिमिरेलाई समेत आफ्नो पकडमा लिई ज्वाइ लोकेन्द्रलाई कमल घिमिरेको नाममा कक्षा ८ को प्रमाणपत्र निकाल्न लगाई गाविस सचिवबाट सिफरिस लगेर प्रसाशनमा दोस्रो नागरिकता र दोस्रो राहदानी निकाल्ने प्रयास गरेको वताईएको छ । 
गाविस सचिव मेघराज पोख्रेल भर्खर अन्य गाविसबाट नेटा गाविसमा सरुवा भई आएको मौका छोपी प्रधानाध्यापक भिमलालबाट सो विद्यालयमा भर्ना र हाजिर नै नभएका लोकेन्द्रलाई रामराजाले आफ्नो छोरा कमल बनाई कक्षा ८ को प्रमाणपत्र दिलाउदा प्र.अ. भिमलाल समेतलाई प्रसाशनले तारेखमा राखेको छ । 
लोकेन्द्र विदेश गएर फर्केको र दोहोरो राहदानी बनाई पुन विदेश जानको लागि अर्काे नागरिकता निकाल्न खोजेको बुझिएको छ । लोकेन्द्र हाल पनि वैदेशिक रोजगार व्यवसायीका रुपमा काठमाण्डौमै वसोवास गर्ने बताइएको छ । गाविस सचिव मेघराज पोख्रेलले आफु त्यस गाविसमा भर्खर गएको र सरस्वती मावि को प्रमाणपत्रको विश्वासमा आफुले सिफारिस दिएको बताउदै आउनुभएको छ । गत २ वर्षदेखि तारेखमा बोलाउने र पठाउने बाहेक प्रसाशनले कारवाही गर्ने छाँट नदेखाएपछि सम्भवत कसैले अख्तीयारमा उजुरी दिएको हुन सक्ने अनुमान गरिएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग