Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सार्वजनिक शौचालय प्रयोगविहीन

Published on 8:35:00 PM //


घनश्याम गौतम
पानीको अभावमा झण्डै ८ लाख खर्चेर बनाएको सदरमुकाम तम्घासको सार्वजनिक शौचालय निर्माण भएदेखि नै प्रयोगविहीन बनेको छ ।
स्थानीय रेसुङ्गा युवा क्लबले जिविसको आर्थिक सहयोगमा निर्माण गरेको शौचालय उद्घाटन भएकै दिनदेखि बन्द भएको हो । शौचालयमा प्रयोग गर्ने पानी उपलब्ध गराउन कसैले सहयोग नगरेपछि निर्माण भएको दुई वर्ष बित्दासमेत प्रयोगमा आउन नसकेको हो । 
जिल्ला प्रशासन, जिविस, प्राविधिक कार्यालय, सार्वजनिक स्थल चिदिचौर, अदालत, प्रहरी लगायत दिनहुँ धेरै भीड हुने क्षेत्र भए पनि यस क्षेत्रमा अन्य सार्वजनिक शौचालय छैनन् । जिल्ला प्रशासन नजिकै निर्माण गरिएको सार्वजनिक शौचालयसमेत दुई वर्ष देखि प्रयोगमा नआउँदा सर्वसाधारण दिसा, पिसावका लागि होटल र आफन्तको घर खोज्दै हिंड्नुपर्ने बाध्यतामा छन् ।
जिल्लामा सार्वजनिक खानेपानीको धारा र वितरण प्रणाली नै छैन । नयाँ धारा जडानका लागि उपभोक्ता समितिलाई २५ हजार तिर्नैपर्ने बाध्यात्मक अवस्था छ । समितिहरूले चर्को रकम असुल्ने गरेका कारण सार्वजनिक स्थल, शौचालय लगायतका क्षेत्रमा खानेपानीको अभाव हुने गरेको छ ।  
सदरमुकाम तम्घासको सहिद चोकमा महेन्द्र उच्च माध्यमिक विद्यालयले निःशुल्क उपलब्ध गराएको महत्त्वपूर्ण जग्गामा रेसुङ्गा युवा क्लबले ०६६ भदौमा सार्वजनिक शौचालय निर्माण गरेको थियो । शौचालयमा शुल्क पानी उपलब्ध गराउन गरेको क्लबको आग्रह कसैले नसुन्दा शौचालय प्रयोगमा ल्याउन नसकिएको क्लबका अध्यक्ष निरन्जन थापाले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग