Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पेन्शन मिलाउन हिँडेका ईण्डियन लाहुरे बेपत्ता

Published on 8:37:00 PM //


भारतीय सेनामा कार्यरत एक नेपाली कार्यरत पल्टन र्फकने क्रममा महिना दिनदेखि सम्पर्कविहीन भएका छन् ।

गुल्मी ९ स्थायी घर भई पोखराबाट पेन्सन मिलाउन भारत जान्छु भन्दै हिँडेका ४४ बर्षिय रामबहादुर क्षेत्री बेपत्ता भएका हुन् । वैशाख ६ गते बिहानै उनी पोखराबाट हिँडेका थिए ।

१४ महिनाअघि तीन महिनाको छुट्टीमा आएका क्षेत्री प्यारालाइसिस भएपछि पोखरामा आफन्तकोमा बसेर उपचार गराउँदै थिए ।

उनी कार्यरत नागाल्यान्ड सैनिक क्याम्पमा समेत सोधपुछ गर्दा त्यहाँ नपुगेको थाहा पाएपछि परिवारमा खैलाबैला भएको छ । उनलाई खोजी गर्दा पनि कतै फेला नपरेपछि भाइ प्रकाशले जेठ २ गते दाजु हराएको निवेदन जिल्ला प्रहरीमा दर्ता गराएका छन् ।

 'दाजु बेपत्ता भएपछि परिवार चिन्तामा डुबेको छ,' प्रकाशले भने, 'दाजुको खोजीका लागि सबैसँग सहयोगका लागि आग्रह गर्छु ।' श्रीमती, तीन छोरी र छोराका बाबु क्षेत्री २४ वर्षअघि भारतीय सेनामा भर्ती भएका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग