Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एस.एल.सीमा सरकारी विद्यालयतर्फ महेन्द्र उच्च माविकी छात्रा जिल्ला प्रथम

Published on 2:41:00 PM //


सीता भण्डारी,
यस वर्षको एसएलसी परीक्षामा गुल्मीवाट सरकारी विद्यालयकी एक छात्रा र निजी विद्यालयतर्फ एक छात्र जिल्ला उत्कृष्ट भएका छन् । गत ६ वर्षदेखिको ईतिहासलाई कायम गर्दै यस वर्षको एसएलसी परीक्षामा पनि गुल्मीको सदरमुकाम स्थित निजी श्रोतको अर्जुन आवसीय उच्च माविले शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल हुनुका साथै सोही विद्यालयका विद्यार्थी जिल्ला उत्कृष्ट भएका छन् भने सरकारी विद्यालयतर्फ महेन्द्र उच्च माविकी छात्रा जिल्ला उत्कृष्ट भएकी छन् ।
अर्जुन आवसीय उच्च माविका सागर पन्थीले ८८.५ प्रतिशत अंक ल्याएर यस वर्षको एसएलसी परीक्षामा जिल्ला उत्कृष्ट भएका छन् भने महेन्द्र उच्च माविकी अनुपमा थापा ८७ प्रतिशत अंक लिएर छात्रातर्फ जिल्ला उत्कृष्ट भएकी हुन् । ६७ जना विद्यार्थी सहभागी अर्जुन आवसीय उच्च माविका सवै विद्यार्थी उत्तीर्ण भएका छन् । जस मध्ये १३ जना विशिष्ट श्रेणी, ४८ जना प्रथम र ६ जना द्धितीय श्रेणीमा उत्तीर्ण भएका छन् । गत वर्ष पनि सोही विद्यालयका विद्यार्थी जिल्ला उत्कृष्ट भएका थिए । त्यस्तै सदरमुकाम तमघासकै महेन्द्र उच्च माध्यमिक विद्यालयमा ८७ जना सहभागी मध्ये छात्रा थापा विशिष्ट श्रेणी सहित १३ जना प्रथम र ९ जना द्धितीय श्रेणीमा उत्तीर्ण भएका छन । 
तमघासकै आदर्श विद्याआश्रम वोर्डिङ्ग स्कुलका प्रदीप खनालले ८६.८७ प्रतिशत अंक ल्याएर विशिष्ट श्रेणीमा उत्तीर्ण भएका छन् । सो विद्यालयवाट ३१ जना सहभागी मध्ये २१ जना उत्तीर्ण भएका छन् । विशिष्ट श्रेणीमा खनाल सहित १६ जना प्रथम र ४ जना द्धितीय श्रेणीमा उत्तीर्ण भएका छन् । त्यस्तै रिडर्स पव्लिक हाईस्कुल तमघासवाट ५६ जना सहभागी भएकोमा तीन जना विशिष्ट सहित ५० जना विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै
गण्डकी वोर्डिङ्ग स्कुलवाट १४ जना विद्यार्थीहरु सहभागी मध्ये ६ जना प्रथम र ३ जना द्धितीय श्रेणीमा उत्तीर्ण भएका छन् । तमघासकै रेसुङ्गा माध्यमिक विद्यालयवाट पनि छात्र माधव पन्थी ८३ प्रतिशत अंक ल्याई विशिष्ट श्रेणीमा उत्तीर्ण भएका छन् । ४५ जना विद्यार्थीहरु सहभागी मध्ये ९ जना प्रथम, ९ जना द्धितीय र १ जना तृतीय श्रेणीमा उत्तीर्ण भएका छन् । 
यसैगरी जनवोध उच्च माध्यमिक विद्यालय रानिवासका भाष्कर खड्का ८१.५ प्रतिशत अंक ल्याएर उत्कृष्ट स्थानमा रहेका छन् । १ सय ३ जना विद्यार्थीहरु मध्ये सो विद्यालयवाट खड्का विशिष्ट श्रेणी, ११ जना प्रथम र २१ जना द्धितीय श्रेणीमा उत्तीर्ण भएका छन् । त्यस्तै सुर्योदय मावि जुभुङ्गका सिजन गौतमले ८० प्रतिशत अंक ल्याई विशिष्ट श्रेणीमा उत्तीर्ण भएका छन् भने सो विद्यालयमा १५ जना प्रथम र १२ जना द्धितीय श्रेणीमा उत्तीर्ण भएका छन् ।
यसैविच सिद्धवावा उच्च माध्यमिक विद्यालय तमघासवाट ९८ जना सहभागी मध्ये २२ जना उत्तीर्ण भएका छन् । उपल्लो तमघास माविमा ३७ जना सहभागी मध्ये १० जना उत्तीर्ण भएका छन् । जनज्योति उच्च माध्यमिक विद्यालय रिमुवावाट ४ जना दृष्टिविहीनहरुले परीक्षा दिएकोमा ३ जना द्धितीय श्रेणीमा उत्तीर्ण भएका छन् । उत्तीर्ण हुने दृष्टिविहीनहरुमा अमला पन्थी, सुन्दरी गौतम र अमर दर्लामी रहेका छन् । धर्मपुर माविमा १० जना विद्यार्थी उत्तीर्ण भएका छन् । काभ्रेपोखरी माविमा ८ जना, रामराज्य उच्च माविमा ९ जना, पृथ्वी मावि वडागाउँमा ९५ विद्यार्थी सहभागी मध्ये जम्मा ११ जना, वाँझकटेरी मावि, वाँझकटेरीमा ३९ जना सहभागी मध्य ७ जना, जनता उच्च मावि अस्लेवामा ६२ जना सहभागी मध्ये २७ जना, सत्यवती उच्च मावि हँसरामा ६७ जना मध्ये ३१ जना विद्यार्थी उत्तीर्ण भएका छन् । 
त्यस्तै हिमालय उच्च मावि, हस्तीचौरमा ६१ जना एक्जाम्टेड् विद्यार्थीले परीक्षा दिएकोमा जम्मा एक जना मात्रै उत्तीर्ण भएको विद्यालय श्रोतले जनाएको छ । सोही विद्यालयवाट नियमिततर्फ ४५ जना विद्यार्थीले परीक्षा दिएकामा जम्मा ६ जना उत्तीर्ण भएका छन् । सत्यवती उच्च माध्यमिक विद्यालयमा ६७ जना मध्ये ३१ जना उत्तीर्ण भएका छन् भने रिडी उच्च माविमा ४७ जना मध्ये ९ जना, घोर्ले मावि दुविचौरमा ४० जना मध्ये ९ जना, ठाढुङ्गा मावि दर्लामचौरमा २३ जना मध्ये २ जना, उदय उच्च मावि शान्तिपुरमा ८७ जना मध्ये १५ जना उत्तीर्ण भएका छन् । 
त्यस्तै आनन्दपुर मावि इस्मा रजस्थलमा ६ जना, थाक्सी पोखरा मावि बलिथुममा ६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले भने विवरण संकलनको तैयारीमा लागेकोले जिल्ला उत्कृष्टको आधिकारीक घोषणा गर्न नमिल्ने वताउनुभयो । यस वर्ष गुल्मीवाट नियमित तर्फ २४.२३ प्रतिशत, अर्थात १ हजार ९३ जना परिक्षार्थीहरु उतिर्ण भएका छन् एक्जाम्टेड तर्फ ७.८३ प्रतिशत अर्थात २ सय २१ जना परिक्षार्थीहरु उतिर्ण भएका छन् १८ वटा केन्द्रवाट ९८ वटा सामुदायिक विद्यालय र १२ वटा संस्थागत विद्यालय गरी १ सय १० विधालयका ७ हजार ३ सय ४५ जना विधार्थी सहभागी थिए । जसमा नियमीत तर्फ ४ हजार ५ सय २३ जना र एक्जाम्टेड तर्फ २ हजार ८ सय २२ जना परिक्षार्थीहरु सहभागी थिए । सहभागी विद्यार्थीहरु मध्ये ११ जना विद्यार्थीले प्राईभेट परीक्षा दिएका थिए भने जिल्ला कारागार शाखावाट पनि एक जनाले परीक्षा दिएका थिए । गत वर्षको तुलनामा यस वर्ष ४ प्रतिशतले उत्तीर्ण संख्यामा वृद्धि भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग