Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जर्मनीको फ्राङ्क्फोर्टमा नेपाली मन्दिर

Published on 3:04:00 PM //


नेपालबाट जर्मनीको फ्राङ्क्फोर्ट आइ बसोबास गरिरहेका नेपालीहरुले मध्य सहरमा नेपाली मन्दिर स्थापना गरेका छन् ।
मन्दिर सञ्चालनका लागि राजु श्रेष्ठको अध्यक्षतामा एउटा समिति गठन गरिएको छ । सञ्चालक समितिमा करिब दुई सय नेपालीहरु आवद्ध रहेको जनाइएको छ । मन्दिरका लागि हाल एउटा घर भाडामा लिइएको छ तर निकट भविश्यमा आफ्नै जग्गामा मन्दिर निर्माण गर्ने सोच रहेको अध्यक्ष श्रेष्ठले जनाएका छन् ।
मन्दिर निर्माणमा सक्रिय रहेका यहाँका होटल ब्यवसायी तथा एनआरएन अन्तरराष्ट्रिय समन्वय परिषद् सदस्य कुमार पन्तले मन्दिर धार्मिक आस्था मात्र नभएर नेपालीहरुको एकताको सेतु भएको बताए ।
उनले नेपालको कला संस्कृतिमा धार्मिक आस्थाले महत्व राख्ने भएकोले पनि मन्दिर निर्माणका लागि प्रयास गरिएको जनाए । फ्रङ्क्फोर्टका मेयर श्रीमती पेत्रा रोटसँग जग्गा उपलब्ध गराइदिन अनुरोध गरिएको पन्तले जानकारी दिए ।
उनले भने, 'यहाँको सरकारले यहाँ बसोबास गर्ने बिदेशीहरुको धार्मीक आस्था, कला र संस्कृतिको संरक्षणमा सहयोग पु-याउने नीति अनुसार जग्गा उपलब्ध गराइदिन अनुरोध गरिएको छ । मेयर पेत्रा रोट हाम्रो प्रस्तावमा निकै सकारात्मक हुनुहुन्छ । पन्तका अनुसार मन्दिर निर्माणमा सहयोग गर्न एनआरएनका अन्य पदाधिकारी सँग ब्यक्तिगत रुपमा आग्रह गरिएको छ । जीवा लामिछाने र उपेन्द्र महतोले ब्यक्तिगत रुपमा सहयोग गर्ने आश्वासन दिएको पन्तले जनए ।
ईकान्तिपुरबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग