Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीबाट एस.एल.सीमा २४ प्रतिशत मात्र पास, जम्मा ३२ जनाको बिशिष्ट श्रेणी

Published on 3:43:00 PM //


सिता भण्डारी
विद्यालय स्तरको फलामे ढोका मानिने प्रवेशिका आर्थात एसएलसीको यस वर्षको नतिजा हिजो सार्वजनिक भएको छ । गत चैत्र १० देखि १८ गतेसम्म सञ्चालित एसएसी परीक्षामा यस वर्ष गुल्मी जिल्लावाट नियमित तर्फ २४.२३ प्रतिशत र आंशिक तर्फ ७.८३ प्रतिशत विधार्थी उतिर्ण भएका छन् । परीक्षामा सहभागि विधार्थी मध्ये जिल्ल्लामा नियमित तर्फ १ हजार ९३ जना परीक्षार्थि उतिर्ण भएका छन् । जसमध्ये विशिष्ट श्रेणिमा ३२ जना, प्रथम श्रोणिमा ४ सय ४६ जना, दोस्रो श्रेणिमा ५ सय ९१ जना र तेस्रो श्रेणिमा २७ जना विधार्थी उतिर्ण भएका छन् । 
यसैगरी आंशिक तर्फ २ सय २१ जना उतिर्ण मध्ये प्रथम श्रोणिमा २ जना, दोस्रो श्रेणिमा १ सय ९५ जना र तेस्रो श्रेणिमा २४ जना विधार्थी रहेको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ ।
 गत चैत्र महिनामा सञ्चालित एस एल सी परीक्षामा गुल्मी जिल्लमा १८ वटा केन्द्रवाट ९८ वटा सामुदायिक विद्यालय र १२ वटा संस्थागत विद्यालय गरी १ सय १० विधालयका ७ हजार ३ सय ४५ जना विधार्थी सहभागी थिए । जसमा नियमीत तर्फ ४ हजार ५ सय २३ जना र एक्जाम्टेड तर्फ २ हजार ८ सय २२ जना परिक्षार्थीहरु सहभागी थिए । सहभागी विद्यार्थीहरु मध्ये ११ जना विद्यार्थीले प्राईभेट परीक्षा दिएका थिए भने जिल्ला कारागार शाखावाट पनि एक जनाले परीक्षा दिएका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग