Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सिडिओलाई विदाई, एलडियो र जिशिअलाई स्वागत

Published on 8:04:00 PM //


पि.एम.मगर
विशेषत पीडित महिलाहरुलाई न्याय दिलाएर पीडित पक्षको राम्रो सिडिओ वन्नुभएका गुल्मीका प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल नवलपरासी जिल्लामा सरुवा हुनुभएको छ । गुल्मीका प्रमुख जिल्ला अधिकारी अर्यालको आज एक कार्यक्रमका विच कर्मचारी एवं स्थानीयवासीले विदाई गरेका छन् ।
कार्यक्रममा अधिकांश वक्ताहरुले प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले आफ्नो कार्यकालमा खेलेको भुमिकाको खुलेर प्रशंसा गरेका थिए । अर्यालले विशेष गरी आफ्नो कार्यकालमा जिल्लाका विभिन्न स्थानका वर्षौ देखि न्याय नपाएका पीडित महिलाहरुलाई न्याय दिलाएकोप्रति आभार प्रकट गरेका थिए । अर्याललको कार्यकालमा १२ वर्षदेखि अन्तरजातीय विवाह गरेका दलित महिलाहरुले नागरिकता पाउनुका साथै अंश समेत पाएका थुप्रै उदहारणहरु छन् । यहाँसम्म कि रुपन्देही जिल्ला अदालतद्धारा घर न घाट वनाएकी वामी गाविसमा माईत भएकी आँपचौरकी एक महिलालाई ७ लाख रुपैयाँ उनका परिवारजनवाट दिलाई पीडितलाई न्याय दिलाउनुभएको थियो ।
प्रजिअ अर्यालको फाइल तस्बिर 
अर्यालको समयमा संवन्ध विच्छेद गर्ने थुप्रै महिलाले राहातको महसुस गरेका थिए । त्यस्तै उहाँको कार्यकालमा जिल्लाको एसएलसी परीक्षा निक्कै मर्यादित तथा अनुशासित रुपमा सञ्चालन हुनुका साथै विद्यालयहरुको शैक्षिक प्रभावकारीताका विषयमा पनि उल्लेखनीय भुमिका रहेको थियो । विशेषत आध्यात्मिक चिन्तन राख्नु हुने अर्यालले धार्मिक र प्राकृतिक क्षेत्रमा वढीनै चर्चा गर्ने तथा त्यसको संरक्षणको क्षेत्रमा पहल गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी अर्यालको स्थानमा पाल्पा घर भई हाल गृह मन्त्रालयमा रहनुभएका कविन्द्र नेपाल नयाँ प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हाल्न आउँदै हुनुहुन्छ । 
उता जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पदमप्रसाद सुवेदीको पनि पोखरा सरुवा भएको छ भने जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, उपल्लो तमघासका प्रमुख डा. दिनेश ज्ञवालीको पनि काठमाण्डौ सरुवा भैसकेको छ । जिल्ला स्वास्थ्य कार्यालय गुल्मीमा पनि डा. हरिवहादुर के.सी.ले जिल्ला स्वास्थ्य प्रमुखको कार्यभार सम्हालि सक्नुभएको छ । 
त्यसै गरी आजै हालै सरुवा भएर गुल्मी आई पुग्नुभएका स्थानीय विकास अधिकारी हिरालाल रेग्मी र जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलको सम्मानमा स्वागत कार्यक्रमको आयोजना गरिएको छ । स्वागत कार्यक्रममा स्थानीय विकास अधिकारी र जिल्ला शिक्षा अधिकारीको सफल कार्यकालका लागि विभिन्न वक्ताहरुले शुभकामना दिएका थिए । कर्मचारी मिलन केन्द्रको सभाहलमा भएको कार्यक्रममा विभिन्न राजनीतिक दल, संघ संस्था एवं निजामति कर्मचारी, सेना प्रहरी लगायतको प्रतिनिधित्व रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग